Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

भारतीय क्रिकेट: भारतका 'सबभन्दा सफल' खेलाडी महेन्द्रसिंह धोनीको सन्यास, कप्तानका रूपमा १० बेजोड निर्णय

भारतीय क्रिकेट: भारतका 'सबभन्दा सफल' खेलाडी महेन्द्रसिंह धोनीको सन्यास, कप्तानका रूपमा १० बेजोड निर्णय

भारतीय क्रिकेट खेलाडी तथा पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिवारदेखि सन्यास लिएका छन्। उनले इन्स्टाग्राममा सन्देश पोस्ट गर्दै त्यस्तो घोषणा गरेका हुन्।

भारतीय क्रिकेटका सबभन्दा सफल कप्तान भनिने धोनीले इन्स्टाग्राममा लेखेका थिए "तपाईँहरूको माया र सहयोगका लागि धन्यवाद। आज (शनिवार) साँझ ७.२९ बजेदेखि मैलै सन्यास लिएको छु।"

उनको सन्यास घोषणा सँगै १५-१६ वर्षदेखि भारतीय क्रिकेटमा चल्दै आएको धोनीको जादुमयी युग समाप्त भएको बीबीसी हिन्दीले लेखेको छ।

सन्यास लिएपनि यो सीजनमा आइपीएलमा उनी चेन्नइ सुपर किङ्गका तर्फबाट मैदानमा उत्रने पनि बीबीसी हिन्दीले लेखेको छ।

शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका महेन्द्रसिंह धोनीका लागि यस्तो कुनै पनि ट्रफी छैन जसमा उनले जित प्राप्त गर्न सकेनन्।

उनले ५० ओभरको प्रतियोगितामा वर्ल्ड कप र च्याम्पियन्स ट्रफी जितेका छन् भने २० ओभरको खेलमा वर्ल्ड टी-२०, आईपीएल र च्याम्पिएन्स लीग जित्न सफल भएका छन्।

टेस्ट म्याचमा उनले भारतीय क्रिकेट टोलीलाई सबैभन्दा प्रथम स्थानमा पनि पुर्‍याइसकेका छन्।

क्रिकेटमा नयाँ इतिहास बनाउन सफल भएका भारतीय क्रिकेट टोलीका पूर्व कप्तान धोनीका १० अद्वितीय निर्णयमा एक नजर लगाऔँ।

१. जोगिन्दरलाई नायक बनाए

सन् २००७ को वर्ल्ड टी-२०को अन्तिम खेलमा धोनीले जोगिन्दर शर्मालाई अन्तिम ओभरमा बल गर्न नलगाएका भए दुनियाँलाई सायद उनी विश्व विजेता टोलीका एक सदस्य थिए भन्ने थाहा पनि हुँदैनथ्यो कि।

फाइनल खेलको अन्तिम ओभरमा पाकिस्तानलाई १३ रनको खाँचो थियो भने भारतलाई मात्र एक विकेटको आवश्यकता थियो। र क्रीजमा मिस्बाह उल हल थिए जो राम्रो लयमा थिए। यस्तो अहम् समयमा धोनीले अनुभवी हरभजन सिंहको सट्टा जोगिन्दरलाई बल गर्न लगाए र उनले ओभरको तेस्रो बलमा मिस्बाहको विकेट लिए र धोनीको दाउलाई सदैका लागि यादगार बनाइदिए।

२. बल आउट

सन् २००७ को वर्ल्ड टी-२० अन्तर्गतको लीग चरणको खेलमा पाकिस्तान र भारतको खेल बराबर भयो।

त्यसपछि बल आउटबाट फैसला हुने भयो। पाकिस्तानले त्यसमा आफ्ना बलरहरू नै चुन्यो।

धोनीले भने हरभजन सिंहबाहेक वीरेन्द्र सहवाग र रोबीन उथप्पा जस्ता सहायक बलर लिएर दाउ लगाए र खेल जिते।

३. धोनीको छक्का र भारतको जीत

सन् २०११को विश्वकप फाइनलमा कुलशेखरको बलमा धोनीले जीत दिलाउने गरी प्रहार गरेको छक्का कसले भुल्न सक्ला?

२८ वर्षपछि भारतलाई क्रिकेटको विश्व विजेता बनाएका धोनीले फाइनलमा अविजित ९१ रन बनाए।

त्यस अघिका खेलहरूमा धोनीले धेरै रन बनाउन सकेका थिएनन्।

तर पनि फाइनलमा राम्रो लयमा रहेका युवराज सिंहको सट्टा पाँचौँ स्थानमा आफै मैदानमा उत्रिए।

त्यस बेला क्रीजमा बायाँ हातबाट खेल्ने गौतम गम्भीर थिए र धोनी दायाँ र बायाँ हाते ब्याटस्म्यानको तालमेल कायम राख्न चाहन्थे।

अर्को, श्रीलङ्काका स्पिनरहरू अघि आफूले सहजै रन जुटाउन सक्ने धोनीको विश्वास थियो। धोनीले जे सोचे त्यही नै भयो।

४. युवराज माथि दाउ

युवराज सिंह ब्याटस्म्यानका रूपमा परिचित छन्। तर सन् २०११ को विश्वकपमा उनलाई धोनीले बलरका रूपमा प्रयोग गरे।

युवराजले ९ खेलमा ७५ ओभर बल गर्दै १५ विकेट लिए।

उनले क्वार्टर फाइनल, सेमिफाइनल र फाइनलमा दुई-दुई विकेट लिए।

५. अश्विन-रैनाको प्रयोग

सन् २०११ को विश्वकपमा धोनीले सुरेश रैना र आर अश्विनलाई सुरुवाती खेलहरूमा सार्वजनिक गरेनन् र नकआउट चरणमा खेलमा समावेश गरे।

अश्विनले उक्त प्रतियोगितामा दुई खेल मात्रै खेले जसमा एक खेल अस्ट्रेलिया विरुद्धको क्वाटर फाइनल थियो। यो खेलमा धोनीले अश्विनबाट बल गर्न सुरु गराए।

दुई विकेट लिएका उनले अस्ट्रेलियाको लय बिगारे।

सुरेश रैनाले पनि अस्ट्रेलिया विरुद्ध अविजित ३४ रन बनाएर भारतको जितमा योगदान दिए। उनले पाकिस्तान विरुद्ध सेमिफाइनलमा पनि अविजित ३६ रन बनाए।

६. निशानामा नेहरा

सन् २०११को वर्ल्ड कपको सुरुवाती खेलहरूमा आशीष नेहरा प्रभावकारी भएनन्। तर पाकिस्तान विरुद्धको सेमिफाइनल खेलमा धोनीले उनलाई मौका दिए।

त्यो पनि अस्ट्रेलिया विरुद्ध शानदार प्रदर्शन गरेका अश्विनको स्थानमा। धोनीको यो दाउ पनि सफल भयो।

१० ओभरमा मात्रै ३३ रन दिँदै उनले दुई विकेट लिँदै उनले भारतलाई फाइनमा पुग्न सहयोग गरे।

७. युवा खेलाडीमा भरोसा

अस्ट्रेलियामा भएको सन् २००८ को ट्राई सीरीजमा धोनीले छनोटकर्ताहरू सामु युवा खेलाडी चुन्न माग गरे।

त्यहाँका ठूला मैदानमा बढी उमेर रहेका खेलाडीहरूले रन रोक्न सक्दैनन् भन्ने उनको बुझाइ थियो।

यसका लागि धोनीको निकै आलोचना भयो। तर त्यही फैसलाका कारण भारतले अस्ट्रेलियामा पहिलो पटक ट्राई सीरीज जित्यो।

प्रतियोगितामा गौतम गम्भीर, रोहित शर्मा र प्रवीण कुमार जस्ता युवा खेलाडीहरूको भूमिका महत्त्वपूर्ण रह्यो।

८. ईशान्त माथि विश्वास

सन् २०१३ मा इङ्ग्ल्यान्डमा भएको आईसीसी च्याम्पीएन्स ट्रफीको फाइनल खेल वर्षाका कारण २० ओभरमा सीमित गरियो।

जीतका लागि भारतले इङ्ग्ल्यान्डलाई १३० रनको लक्ष दियो।

मोर्गन र बोपाराको शानदार प्रदर्शनका कारण इङ्ग्ल्यान्ड जीत तर्फ अघि बढिरहेको थियो।

उसलाई अन्तिम तीन ओभरमा २८ रनको आवश्यकता थियो। यस्तो अवस्थामा धोनीले सबै भन्दा बढी रन दिइरहेका ईशान्त शर्मालाई बल गर्ने मौका दिए।

त्यो निर्णय अचम्म लाग्दो थियो तर ईशान्तले एउटै ओभरमा दुवै ब्याट्सम्यानलाई आउट गरे र इङ्गल्यान्डको जीतको सपना तोडिदिए।

९. बदलियो रोहितको भाग्य

बीचमा खेल्दै आएका रोहित लामो समय सम्म आफ्नो प्रतिभा अनुरूप प्रदर्शन गर्न सकिरहेका थिएनन्।

धोनीले उनलाई एक दिवसीय खेलमा ओपनर अर्थात् सुरुवाती खेलाडीका रूपमा अघि सारे।

ओपनरका रूपमा शर्मा अन्तर्राष्ट्रिय क्रिकेटमै सबैभन्दा सफल ब्याटस्म्यानका रूपमा अघि बढे।

१०. सबै दाउ सफल

भारतीय क्रिकेट टोली बाहेक धोनीले आईपएलमा चेन्नई सुपर किङ्ग्सलाई पनि सबैभन्दा सफल टोली बनाए।

त्यस बेला उक्त टोलीका लगानीकर्ता एन श्रीनिवासनले चाहँदा चाहँदै पनि उनले टिममा एक जना खेलाडीलाई अनुबन्धन गर्न अस्वीकार गरिदिएको जानकारी सार्वजनिक भएको थियो।

प्रतिक्रिया