ताजा अपडेट
भारतले बिहीवार तेस्रो पटक धौलीगङ्गाको बाँध खोल्ने
दार्चुलाः भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतवार एक सूचना निकालेर आउँदो बिहीवार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जानकारी गराएको हो। भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए। बाँधका ढोका खुल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ। यस्तै बैतडीको दशरथचन्द नगरपालिका ६ सेरादेखि पञ्चेश्वर सम्मका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई पनि सुरक्षित रहन आग्रह गरिएको छ।
भारतले बर्खाको समयमा बेला बेला बाँधका ढोका खोल्दै आएको छ। गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो। पहिले भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्ने गरेको भएपनि आजभोलि पुर्व जानकारी गराई ढोका खोल्ने गरेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया