Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रुसले थाल्यो कोरोनाको खोप उत्पादन, प्रत्येक महिना ५० लाख डोज उत्पादन गर्ने लक्ष्य

रुसले थाल्यो कोरोनाको खोप उत्पादन, प्रत्येक महिना ५० लाख डोज उत्पादन गर्ने लक्ष्य

३२ साउन, काठमाडौं । रुसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ठूलो परिमाणको उत्पादन शुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको उत्पादन सुरु भएको जानकारी दिएको छ । यद्यपि त्यसको केही समयपछि इन्टरफेक्स न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रुसले पहिलो ब्याचको खोप बनाइसकेको उल्लेख गरेको छ ।

केही वैज्ञानिकहरुले रुसले राष्ट्रिय प्रतिष्ठालाई महत्व दिँदै स्वास्थ्य र सुरक्षामा भने कम प्राथमिकता दिएको भन्दै रुसको खोपमा आशंका व्यक्त गर्दै आएका छन् । रुसले भने उनीहरुको आरोप निराधार रहेको प्रतिक्रिया दिएको छ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणको दौड चलिरहेको अवस्थामा रुसले पहिलो कोरोनाविरुद्धको खोप बनाएको घोषणा गरेको हो । रुसले यो खोप यस महिनाको अन्तिममा बजारमा आउने बताएको छ ।

यो खोपलाई रुसले तेस्रो चरणको क्लिनिकल परीक्षण शुरु गर्नुभन्दा पहिला नै अनुमति दिएको हो । यो चरणको परीक्षण कुनै पनि खोपको लागि निकै महत्वपूर्ण मानिन्छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको बताएका छन् । उनले यो खोप पूर्णरुपमा सुरक्षित रहेको र आफ्नी छोरीले पनि यो खोप लगाएको बताएका थिए ।

इन्टरफेक्सका अनुसार यो खोप निर्माण गर्ने कम्पनी गामालेया इन्स्िटच्युटले रुसले डिसेम्बर-जनवरीसम्म प्रतिमहिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने बताएको छ ।

अहिले अमेरिका, ब्राजिल र भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हुन् । अमेरिका र ब्राजिलले भने रुसले निर्माण गरेको खोप प्रयोग गर्न अस्वीकार गरिसकेका छन् ।

स्रोत :बीबीसी

प्रतिक्रिया