Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भीमदत्त राजमार्गको विकल्प खोज्ने पहल,

भीमदत्त राजमार्गको विकल्प खोज्ने पहल,

सुदूरपश्चिममा भीमदत्त राजमार्गको विकल्प खोज्ने विषयमा चर्चा हुन थालेको छ। गत साउन २२ गते परेको अविरल वर्षाले गोदावरी नगरपालिका–४ को बुढीतोलामा पहिरो गएर सडक अवरुद्ध भएसँगै भीमदत्त राजमार्गको विकल्प खोज्ने विषयमा चर्चा हुन थालेको हो। भीमदत्त राजमार्गको करिब चार सय मिटरमा आएको ठुलो पहिरोका कारण तराईबाट पहाडी जिल्लाको यातायात प्रभावित बन्न पुगेको छ।

सडक सामान्य रुपमा सञ्चालनमा ल्याउन अहिले पनि निकै समस्या भइरहेको छ। भीमदत्त राजमार्ग पहिरोका कारण समस्याग्रस्त बनेपछि संघ र प्रदेश सरकारले विकल्पको विषयमा मुख खोलेका हुन्। भीमदत्त राजमार्ग अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएपछि सडक खुलाउन के गर्न सकिन्छ भनेर संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रदेशका मन्त्रीको टोलीले बुढीतोला सडकको निरीक्षण गरेका छन्।

संघीय भौतिक विकास तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको टोली सुदूरपश्चिमको सडक यातायातको दीर्घकालीन समाधान खोज्न दुई दिने भ्रमणमा आएको हो। भीमदत्त राजमागर्गको विकल्पमा अन्य राजमार्ग सञ्चालन गर्न संघ र प्रदेश सरकारले सहकार्य गर्ने मन्त्री प्रकाश ज्वालाले बताए। ‘भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यहाँको जनजीवन प्रभावित भएको छ।

पहिरो खुलाउने काम तुरून्त सुरू गरे पनि अहिलेसम्म दुइतर्फी बाटो खोल्न सकिएको छ,’ उनले भने, ‘भीमदत्तसहित तराईलाई पहाडी जिल्लाहरूसँग जोड्ने वैकल्पिक राजमार्गहरूको विकास कसरी गर्न सकिन्छ भनेर संघ र प्रदेश सरकारले सहकार्य गर्ने विषयमा पनि छलफल हुनेछ।’ भीमदत्त राजमार्गको विकल्पमा सेती राजमार्ग, खुटिया–दिपायल राजमार्ग, महाकाली राजमार्ग र दैजी–जोगबुडा–डडेल्धुरा राजमार्गको निर्माण गर्नुपर्ने आवश्यकता बढेको छ।

यस्तै चिसापानी जङ्गलघाट मङ्गलसेन सडक र पूर्व–पश्चिम राजमार्गको स्तरवृद्धिका लागि प्रदेश र संघ सरकारले सहकार्य गर्ने विषयमा छलफल गरिएको छ। सुदूरपश्चिमको यातायात क्षेत्रको विकासका लागि भएको छलफल र सहमतिले भीमदत्त राजमार्गसँगै वैकल्पिक अन्य राजमार्गको विकास गर्न सहयोग पुगाउने संघीय मन्त्री ज्वालाले बताए। ‘पूर्व–पश्चिम राजमार्गसहित अन्य सडकको विकास गर्न संघ र प्रदेश सरकारले कसरी साझेदारी गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।

सुदूरपश्चिमको समग्र यातायात क्षेत्रको विकासका लागि संघ र प्रदेशले सहकार्य गर्ने विषयमा अध्ययन र छलफल गर्नेछौँ।’ साथै पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग बाहेक महाकाली राजमार्ग, सेती राजमार्ग, खुटिया–दिपायल द्रूत मार्ग, दैजी–जोगबुडा सडक र चिसापानी–जङ्गलघाट मङ्गलसेन सडक निर्माण गरिनुपर्ने माग उठ्ने गरेको छ। संघीय यातायात मन्त्री र प्रदेशका भौतिक पूर्वाधार विकास र आर्थिक मामिला मन्त्रीसहितको टोलीले शुक्रवार भीमदत्त राजमार्ग र दैजी–जोगबुडा सडकको स्थलगत निरीक्षण समेत गरेका छन्।

प्रतिक्रिया