Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १२ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

भीमदत्त राजमार्गको विकल्प खोज्ने पहल,

भीमदत्त राजमार्गको विकल्प खोज्ने पहल,

सुदूरपश्चिममा भीमदत्त राजमार्गको विकल्प खोज्ने विषयमा चर्चा हुन थालेको छ। गत साउन २२ गते परेको अविरल वर्षाले गोदावरी नगरपालिका–४ को बुढीतोलामा पहिरो गएर सडक अवरुद्ध भएसँगै भीमदत्त राजमार्गको विकल्प खोज्ने विषयमा चर्चा हुन थालेको हो। भीमदत्त राजमार्गको करिब चार सय मिटरमा आएको ठुलो पहिरोका कारण तराईबाट पहाडी जिल्लाको यातायात प्रभावित बन्न पुगेको छ।

सडक सामान्य रुपमा सञ्चालनमा ल्याउन अहिले पनि निकै समस्या भइरहेको छ। भीमदत्त राजमार्ग पहिरोका कारण समस्याग्रस्त बनेपछि संघ र प्रदेश सरकारले विकल्पको विषयमा मुख खोलेका हुन्। भीमदत्त राजमार्ग अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएपछि सडक खुलाउन के गर्न सकिन्छ भनेर संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रदेशका मन्त्रीको टोलीले बुढीतोला सडकको निरीक्षण गरेका छन्।

संघीय भौतिक विकास तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको टोली सुदूरपश्चिमको सडक यातायातको दीर्घकालीन समाधान खोज्न दुई दिने भ्रमणमा आएको हो। भीमदत्त राजमागर्गको विकल्पमा अन्य राजमार्ग सञ्चालन गर्न संघ र प्रदेश सरकारले सहकार्य गर्ने मन्त्री प्रकाश ज्वालाले बताए। ‘भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यहाँको जनजीवन प्रभावित भएको छ।

पहिरो खुलाउने काम तुरून्त सुरू गरे पनि अहिलेसम्म दुइतर्फी बाटो खोल्न सकिएको छ,’ उनले भने, ‘भीमदत्तसहित तराईलाई पहाडी जिल्लाहरूसँग जोड्ने वैकल्पिक राजमार्गहरूको विकास कसरी गर्न सकिन्छ भनेर संघ र प्रदेश सरकारले सहकार्य गर्ने विषयमा पनि छलफल हुनेछ।’ भीमदत्त राजमार्गको विकल्पमा सेती राजमार्ग, खुटिया–दिपायल राजमार्ग, महाकाली राजमार्ग र दैजी–जोगबुडा–डडेल्धुरा राजमार्गको निर्माण गर्नुपर्ने आवश्यकता बढेको छ।

यस्तै चिसापानी जङ्गलघाट मङ्गलसेन सडक र पूर्व–पश्चिम राजमार्गको स्तरवृद्धिका लागि प्रदेश र संघ सरकारले सहकार्य गर्ने विषयमा छलफल गरिएको छ। सुदूरपश्चिमको यातायात क्षेत्रको विकासका लागि भएको छलफल र सहमतिले भीमदत्त राजमार्गसँगै वैकल्पिक अन्य राजमार्गको विकास गर्न सहयोग पुगाउने संघीय मन्त्री ज्वालाले बताए। ‘पूर्व–पश्चिम राजमार्गसहित अन्य सडकको विकास गर्न संघ र प्रदेश सरकारले कसरी साझेदारी गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।

सुदूरपश्चिमको समग्र यातायात क्षेत्रको विकासका लागि संघ र प्रदेशले सहकार्य गर्ने विषयमा अध्ययन र छलफल गर्नेछौँ।’ साथै पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग बाहेक महाकाली राजमार्ग, सेती राजमार्ग, खुटिया–दिपायल द्रूत मार्ग, दैजी–जोगबुडा सडक र चिसापानी–जङ्गलघाट मङ्गलसेन सडक निर्माण गरिनुपर्ने माग उठ्ने गरेको छ। संघीय यातायात मन्त्री र प्रदेशका भौतिक पूर्वाधार विकास र आर्थिक मामिला मन्त्रीसहितको टोलीले शुक्रवार भीमदत्त राजमार्ग र दैजी–जोगबुडा सडकको स्थलगत निरीक्षण समेत गरेका छन्।

प्रतिक्रिया