Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

धनगढीः संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहबिच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शनिवार उनीहरुको भेटवार्ता भएको हो। 

भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन। उनले संघ, प्रदेश र स्थानीय सरकारबिच सहमति, सहकार्य र समन्वयका आधारमा यातायात र सडक पूर्वाधारको दिगो विकास हुनुपर्नेमा जोड दिएका छन्। 

मुख्यमन्त्री र मन्त्री ज्वालाबिच सेती लोकमार्ग, दोधारा–चाँदनी सुख्खा बन्दरगाह, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा सडक, महाकाली कोरिडोर, खुटिया–दीपायल द्रुतमार्ग  , कर्णाली कोरिडोर, सत्ती–चिसापानी–ताम्चा सडक निर्माणका लागि बजेट वृद्धि र चाँडै काम सम्पन्न गर्नुपर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।  

भेटघाटको अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपट साउँद र संघीय मन्त्रालयका सचिवसमेतको उपस्थिति थियो। 
मन्त्री ज्वालासहितको सरकारी टोलीले शुक्रवार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला, भावरस्थित पहिरोका कारण बिग्रिएको राष्ट्रिय राजमार्गको पनि अवलोकन गरेको थियो। धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली–दार्चुला–टिङ्कर जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) मा साउन २२ गते पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । 

पछिल्ला केही दिनदेखि राजमार्ग सञ्चालनमा आएको छ । अझै पनि यातायात निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन। एकतर्फी आवतजावत भइरहे पनि बीच बीचमा बाटो बिग्रेर बारम्बार सवारी साधन अझै रोक्ने र बनाउने बाध्यता रहेको छ। यो राजमार्ग सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लाको लाइफलाइन मानिन्छ।

प्रतिक्रिया