Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

धनगढीः संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहबिच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शनिवार उनीहरुको भेटवार्ता भएको हो। 

भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन। उनले संघ, प्रदेश र स्थानीय सरकारबिच सहमति, सहकार्य र समन्वयका आधारमा यातायात र सडक पूर्वाधारको दिगो विकास हुनुपर्नेमा जोड दिएका छन्। 

मुख्यमन्त्री र मन्त्री ज्वालाबिच सेती लोकमार्ग, दोधारा–चाँदनी सुख्खा बन्दरगाह, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा सडक, महाकाली कोरिडोर, खुटिया–दीपायल द्रुतमार्ग  , कर्णाली कोरिडोर, सत्ती–चिसापानी–ताम्चा सडक निर्माणका लागि बजेट वृद्धि र चाँडै काम सम्पन्न गर्नुपर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।  

भेटघाटको अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपट साउँद र संघीय मन्त्रालयका सचिवसमेतको उपस्थिति थियो। 
मन्त्री ज्वालासहितको सरकारी टोलीले शुक्रवार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला, भावरस्थित पहिरोका कारण बिग्रिएको राष्ट्रिय राजमार्गको पनि अवलोकन गरेको थियो। धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली–दार्चुला–टिङ्कर जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) मा साउन २२ गते पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । 

पछिल्ला केही दिनदेखि राजमार्ग सञ्चालनमा आएको छ । अझै पनि यातायात निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन। एकतर्फी आवतजावत भइरहे पनि बीच बीचमा बाटो बिग्रेर बारम्बार सवारी साधन अझै रोक्ने र बनाउने बाध्यता रहेको छ। यो राजमार्ग सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लाको लाइफलाइन मानिन्छ।

प्रतिक्रिया