ताजा अपडेट
डडेलधुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु
डडेल्धुराः डडेलधुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ।
आइतवार बिहान करिब २ बजे कृष्ण धामीलाई सर्पले टोकेको थियो। जिल्लाको परशुराम नगरपालिका–११ डौणीका १६ वर्षीय धामीलाई सर्पले टोकेपछि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।
सडक सुविधाबाट टाढा रहेको उनको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लगिदै थियो। बाटोघाटोे असुविधाकै कारण समयमा अस्पताल पुर्याउन नसक्दा धामीको बाटोमै मृत्यु भएको पारिवारि स्रोतले बताएको छ। धामी आलिताल गाउँपालिका ६ मा रहेको सिद्धभगवती माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया