Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सेतीमा बिरामीको मृत्यु भएपछि तनाव, शव नउठाउने आफन्तको अडान

सेतीमा बिरामीको मृत्यु भएपछि तनाव, शव नउठाउने आफन्तको अडान

धनगढीः सेती प्रादेशिक अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ। सोमवार दिउँसो घरमा बेहोस् भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो।

मिर्गी हुने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन्। मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्षमा उपचार नगरिदा काका अरूणको मृत्यु भएको बताएकी छन्। दिउँसो १२ बजे सेती अस्पतालको आकस्मिक कक्षमा पुगेका अरुणलाई टिकट काट्न टिकट काउन्टरमा पठाइएको र त्यसपछि ओपिडी कक्षमा एक घण्टासम्म डाक्टर नआएपछि उनको मृत्यु भएको मृतकी भतिजी सोनियमले बताइन्।

‘काका एक्कासी ढलेर बेहोस भएपछि १२ बजेतिर अस्पताल ल्याएका थियौँ। सुरूमै ईमरजेन्सी कक्षमा लग्यौँ तर त्यहाँबाट टिकट काटेर ओपिडी चेकजाँच गर्ने ठाउँमा लैजान भनियो,’ रानाले भनिन्, ‘एक घण्टासम्म डाक्टर आउनुभएन। दुई बजेतिर फेरि बेहोस् भएर उहाँको मृत्यु भयो।’

मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले डाक्टरले लापरबाही गर्दा भाइको मृत्यु भएको भन्दै घटनाको छानबिन हुनुपर्ने बताएकी छिन्। उनले दोषी डाक्टरलाई कारबाही नहुँदासम्म शव नउठाउने बताइन्। ‘यो अस्पतालमा सधै लापरबाही हुने गरेको छ।

आज यहाँका डाक्टरको लापरबाहीका कारण मैले पनि आफ्नो भाइ गुमाएकी छु,’ रानाले भनिन्, ‘घटनाको छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म हामी शव उठाउदैनौँ।’ प्रादेशिक अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु भएको घटनाबारे बुझिरहेको बताएका छन्। घटनाबारे बुझेर मात्रै आधिकारीक प्रतिक्रिया दिने बताए।

प्रतिक्रिया