ताजा अपडेट
कैलालीको जोशिपुरमा नालामा डुबेर एक वृद्धाको मृत्यु
                                        
                                        धनगढीः कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ।
जिल्लाको जोशिपुर गाउँपालिका – १ की ६० वर्षीया वेलासी डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर डगौराको मृत्यु भएको हो। साथै उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
                                            
                                            
                                            
                                            
                                            
प्रतिक्रिया