Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मासिँदै परम्परागत ‘न्वालो’

मासिँदै परम्परागत ‘न्वालो’

बैतडी  । दशरथचन्द नगरपालिका–२, देहिमाडौँमा रहेको न्वालो (परम्पपरागत कुवा) को पानी कुनै बेला हजारौँ घरपरिवारको तिर्खा मेट्ने मूल थियो। यही कुवाको पानी प्रसिद्ध निङ्लासैनी मन्दिरमा चढाउने परम्परा रहेको स्थानीय बुढापाका बताउँछन्। 

गाउँ–गाउँ तथा स्थानीय बजारमा धाराको पानी पुगेपछि अहिले कुवाहरू फोहोरले भरिएका छन्। कुवा फोहोर भएकाले मन्दिरमा यहाँको पानीसमेत चढाइँदैन। देहिमाडौँ बजारबाट करिब पाँच मिनेटको दूरीमा रहेको देही न्वालोमा बजारबाट निस्कने ढलको पानी मिसिने गरेको छ।

१९९० सालमा ढुङ्गा र स्लेटले बनेको पुर्खाको चिनोका रूपमा रहेको न्वालो मासिएकोमा थोरैलाई चिन्ता भए पनि अधिकांशलाई चासो नभएको स्थानीय युवा भुवन बोहराले बताए।  

बजारको ढल कुवामा मिसिन थालेपछि वडा कार्यालयबाट पर्खाल लगाउने काम अगाडि बढे पनि पर्याप्त बजेट नभएको दशरथचन्द नगरपालिका–२, का वडाध्यक्ष सूर्य बोहराले बताए । 

देहिमाडौँ बजार र गाउँका करिब एक हजार घरधुरीका लागि ग्वाल्लेकबाट आएको धाराको पानी अपुग भएपछि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ खर्च गरेर लिफ्ट खानेपानी योजना निर्माण थालेको वडाध्यक्ष बोहराले बताए । 

पाँच वर्षदेखि निर्माण भइरहेको देहिमाडौँ लिफ्ट खानेपानी योजना पूरा हुने चरणमा पुग्दा छेउमै रहेको परम्परागत कुवालाई हेला गरिएको स्थानीय दिनेश बोहराले बताए । स्थानीय निङ्लासैनी भगवती मन्दिरमा दसैँमा लाग्ने मेलामा यही कुवामा भक्तजनले नुहाउने गर्छन्। 

पछिल्लो समय स्थानीय तहको सरकारले जथाभाबी डोजरले सडक खन्दा परम्परागत कुवा र न्वालो मासिँदै गएका छन्। पानीको प्रमुख स्रोतका रूपमा रहेका कुवाको संरक्षणमा स्थानीय सरकारको ध्यान जानु पर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण बोगटीले बताए । डिभिजन खानेपानी कार्यालयको तथ्याङ्क अनुसार, बैतडीमा ८४ प्रतिशत घरधुरीमा खानेपानीका धारा निर्माण भएका छन्। परम्परागत कुवाहरू मासिएका छन्। 

जलवायु विज्ञ लक्ष्मीदत्त भट्टले अनुसार डोजरले सडक खन्दा जल मार्ग नै अवरुद्ध भई कुवा सङ्कटमा परेको बताए । बैतडीमा करिब दुई हजारभन्दा बढी कुवाहरू रहेको जानकारी पनि उनले दिए ।  

प्रतिक्रिया