Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बादी बस्तीका कुष्ठरोगीलाई उपचारमा समस्या

बादी बस्तीका कुष्ठरोगीलाई उपचारमा समस्या

कैलाली  । एकैनासका घरहरूले बनेको घना बस्ती । सोही बस्तीको सडक किनारमा चिटिक्क परेको सानो टिनले छाएको दुई कोठाको घर छ । घरभित्र केही थान पकाउने भाँडाकुँडा यत्रतत्र छरिएका छन् । पुराना लत्ताकपडा, पुरानो खाट छ । छेउमा सानो बालक टोलाइरहेको अवस्थामा त्यही खाटमा पल्टिरहेका एक जोडी बिरामी छन् । 

लम्कीचुहा नगरपालिका –३ बल्चौर बादी बस्तीमा करिब तीनसय घर बादी समुदायका छन् । उक्त बस्तीमा अधिकांश घरका युवायुवती रोजगारका लागि भारत गएका छन् । 

बस्तीमा अहिले केटाकेटी र बुढाबुढीमात्र भेटिन्छन् । केही वर्ष अघिसम्म भारतमा गएर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने सोही बस्तीका सुशीला बादी र मदन बादीलाई एकाएक उमेरमै कुष्ठरोगले च्यापेपछि युवा अवस्थामै घरमा भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेको छ । 

एउटै बस्तीका सुशीला र मदनले प्रेम विवाह गरेका थिए । सुरुमा मदनलाई कुष्ठरोग लागेको रहेछ । तर रोग पहिचान र औषधि सेवन ढिला गर्नाले सुशीलाले आफूलाई पनि सरेको बताए । नियमित औषधि सेवनले निको हुने भनिए पनि आर्थिक अभावमा औषधि सेवनमै समस्या परेको छ । 

रोगको चिन्ता एकातिर छ, खान नपाई भोकभोकै मर्छौंकि भन्ने अर्को चिन्ता छ ।

रोगले नगलाउँदासम्म कहिले होटलमा त कहिले ज्याला मजदुरी गर्दैआएको यो जोडी रोगले गलाउँदै लैजान थालेपछि गत एक वर्षदेखि काम गर्न नसक्ने अवस्थामा पुगेको छ । 

चार वर्षदेखि कुष्ठरोग पीडित सुशीला बादीले भने, “ओतलाग्ने व्यवस्था त सरकारले बनाइदियो, रोगले च्यापेर अशक्त हुँदा दुःख बुझ्ने कोही भएन ।” सुशीलाले रुँदै भनीन, “रोगको चिन्ता एकातिर छ, खान नपाई भोकभोकै मर्छौंकि भन्ने अर्को चिन्ता छ ।” 

एक छोरा एक छोरी सन्तान रहेको बताउँदै सुशीलाले छोरीलाई पढाउन संस्थाले लगेको बताए । “काखे छोरो पनि रोगी छ, बेला–बेलामा बेहोस हुन्छ, गरिखाने उमेरमा दुवै बुढाबुढीलाई रोगले च्यापेर घरमै बस्नुपरेको छ” सुशीलाले दुखेसो पोखीन्। 

चार वर्षदेखि कमाउन जान छाडेको यो परिवार नेपालमै ज्यालामजदुरी गरेर छाक टार्ने गरे पनि एक बर्षयता बस्तीकै सहयोगले जेनतेन चले पनि समस्या बढ्दैगएको छ ।  

कहिले रत्नागिरि, कहिले हिमाञ्चलतिर काम गर्न जान्थे, बिरामीले च्यापेर थला परेपछि मुखमा माड लाग्नै छुट्ने अवस्था आएको २७ वर्षीय मदनले मलिन अनुहार बनाउँदै भने । 

३० वर्षीय सुशीलाले भनिन्, “नियमित औषधि खाइरहनु पर्छ, पहिले जसोतसो गरेर गयौँ, धेरै भयो जाने गाडी भाडा पनि नजुरेपछि जान सकेका छैनौँ, मलाईभन्दा पनि बुढालाई धेरै गाह्रो भएको छ ।”

रोग र अभावले यी दुई जोडी डिप्रेसनमा जान थालेको आफन्तहरू बताउँछन् । नियमित औषधि सेवन नगर्दा मदनलाई रोगले च्याप्दै गएको छ । घरमा हिजोआज भित्रबाहिर गर्न समेत अरूको सहारा लिनुपर्छ । 

नियमित औषधि सेवन नगर्दा मदनलाई रोगले च्याप्दै गएको छ । घरमा हिजोआज भित्रबाहिर गर्न समेत अरुको सहारा लिनुपर्छ । 

मदनकी आमा नेप्टी बादीले चार छोरामध्ये अरू सबै कमाउन भारत गएको बताए । अलग भएर बसेका छोराहरूले कमाएर आफ्नै परिवार पाल्न मुस्किल परेको बताउने नेप्टीले बिरामी छोरा–बुहारीलाई साँझ–बिहान छाक टार्ने समस्या भएको बताए । 

नेप्टीले रुँदै भने, “छरछिमेक, आफन्तले पनि सधैँ कहाँ हेर्छन्, उनीहरूलाई आफ्नै छाक टार्न मुस्किल छ । अहिले खानलाई चामलको गेडो छैन, औषधि गर्न पैसा छैन ।” सभार गोरखापत्र

प्रतिक्रिया