Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अख्तियारको कार्यालय महेन्द्रनगरमा अनियमितता विरुद्धका १७३ उजुरी दर्ता

अख्तियारको कार्यालय महेन्द्रनगरमा अनियमितता विरुद्धका १७३ उजुरी दर्ता

धनगढीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा आर्थिक अनियमितता विरुद्धका एक सय ७३ उजुरी दर्ता भएका छन्।

यो संख्या चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को मात्र हो। चालु आर्थिक वर्ष सुरु भएसँगै उजुरीकर्ताले विभिन्न माध्यमको प्रयोग गर्दै एकपछि अर्को उजुरी दर्ता हुनेक्रम बढेको छ। त्यस्तै भदौ महिनाको पहिलो सातामै थप २७ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना नपुग्दै यस्ता अनियमितताका दुई सय उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको छ। अधिकांश उजुरी स्थानीय तहसँग सम्वन्धिन रहेको कार्यालयले जनाएको छ। लिखित, इमेल, भाइबर तथा टेलिफोन लगायतको माध्यमबाट आफ्नो पालिकामा भइरहेका अनियमितता विरुद्धका उजुरी दिनेको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ।

प्रदेशभित्र संघीय तथा प्रदेश मातहत सञ्चालित योजनाहरुमा समेत आर्थिक अनियमितता हुने गरेको विषयमा समेत कार्यालयमा उजुरी पर्ने गरेका छन्। यस्ता उजुरी सबैभन्दा बढी कैलालीबाट पर्ने गरेका छन्। अधिकारीहरुका अनुसार अख्तियारमा परेका कुल उजुरीमध्ये करिब ४० प्रतिशत उजुरी स्थानीय तहसँग सम्वन्धित हुने गरेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ