Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिमका सीटीईभीटीका ५ शिक्षण संस्थाले पाएनन्

सुदूरपश्चिमका सीटीईभीटीका ५ शिक्षण संस्थाले पाएनन्

धनगढीः  सीटीईभीटीबाट स्वीकृति प्राप्त भएका सुदूरपश्चिमका ५ शिक्षण संस्थाले २०८०÷०८१ को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउनबाट बञ्चित भएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन÷स्वीकृति पाएका सुदूरपश्चिमका ५ शिक्षण संस्थाले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउन नसकेका हुन्। जस अनुसार कञ्चनपुरको भिमदत्त नगरपालीका–४ को सामुदायिक स्वास्थ्य इन्ष्टिच्युट, कैलाली टिकापुर–१ को सामुदायिक स्वास्थ्य इन्ष्टिच्युट र पद्मा हेल्थ कलेज धनगढीले सामान्य चिकित्सामा सिट नपाएका हुन्। यस्तै, धनगढीको सामुदायिक सेवा सहयोग संस्थानले आयुर्वेद सामान्य चिकित्सा, धनगढी–५ को एकिकृत सामुदायिक विकास तालीम केन्द्रले रडियोग्राफीको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट नपाएका हुन्।

सीट नपाउनेमा प्रदेशभरका ५ कलेजमध्ये सबैभन्दा बढी केलालीका रहेका छन्। सिट नपाउनेमा कैलालीका मात्र ४ कलेज रहेका छन्। सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यतर्फको शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट देशभर ४९ कलेजको सिट स्वीकृत नभएको जनाएको छ। जसमध्ये ५ सुदुरपश्चिमका कलेजले सिट नपाएको सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यतर्फको शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगले जनाएको छ।

आयोगको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो।

प्रतिक्रिया