Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिमका सीटीईभीटीका ५ शिक्षण संस्थाले पाएनन्

सुदूरपश्चिमका सीटीईभीटीका ५ शिक्षण संस्थाले पाएनन्

धनगढीः  सीटीईभीटीबाट स्वीकृति प्राप्त भएका सुदूरपश्चिमका ५ शिक्षण संस्थाले २०८०÷०८१ को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउनबाट बञ्चित भएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन÷स्वीकृति पाएका सुदूरपश्चिमका ५ शिक्षण संस्थाले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउन नसकेका हुन्। जस अनुसार कञ्चनपुरको भिमदत्त नगरपालीका–४ को सामुदायिक स्वास्थ्य इन्ष्टिच्युट, कैलाली टिकापुर–१ को सामुदायिक स्वास्थ्य इन्ष्टिच्युट र पद्मा हेल्थ कलेज धनगढीले सामान्य चिकित्सामा सिट नपाएका हुन्। यस्तै, धनगढीको सामुदायिक सेवा सहयोग संस्थानले आयुर्वेद सामान्य चिकित्सा, धनगढी–५ को एकिकृत सामुदायिक विकास तालीम केन्द्रले रडियोग्राफीको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट नपाएका हुन्।

सीट नपाउनेमा प्रदेशभरका ५ कलेजमध्ये सबैभन्दा बढी केलालीका रहेका छन्। सिट नपाउनेमा कैलालीका मात्र ४ कलेज रहेका छन्। सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यतर्फको शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट देशभर ४९ कलेजको सिट स्वीकृत नभएको जनाएको छ। जसमध्ये ५ सुदुरपश्चिमका कलेजले सिट नपाएको सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यतर्फको शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगले जनाएको छ।

आयोगको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो।

प्रतिक्रिया