Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

लेखापाल कुटपिट प्रकरण : आजदेखि भीमदत्तका सबै शिक्षण संस्था बन्द

लेखापाल कुटपिट प्रकरण : आजदेखि भीमदत्तका सबै शिक्षण संस्था बन्द

भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल विरेन्द्र जोशीमाथि एक साता अघि कुटपिटको घट्नालाई लिएर आज आइतबारदेखि भीमदत्तका सबै शिक्षण संस्था बन्दको घोषणा गरिएको छ ।

स्तरीय आन्दोलन परिचालन समितिले शनिबार विज्ञप्ति जारी गरी घट्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीका लागि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्दको घोषणा गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक धर्मानन्द जोशीले प्रेषित विज्ञप्तिमा लेखापाल जोशीमाथि कुटपिटमा संलग्न सबै पक्राउ नगरिएको तथा पक्राउ गरिएकालाई पनि कानुनी कारवाही नगरिएकोमा असन्तुष्टि जनाउँदै सत्यतथ्य छानबिन नभएसम्मका लागि विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ ।

सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राले यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रहरीले नियन्त्रणमा लिएका जोशीमाथि भदौ ३ गते निर्घात कुटपिट भएइको थियो । कुटपिटबाट गम्भीर घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा आइसियुमा राखेर उपचार भई रहेको छ । लेखापाल जोशीको परिवारले कुटपिटमा संलग्न रहेको आरोपमा ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन् । किटानी परेकामध्ये हालसम्म चार जना पक्राउ परे पनि अन्य फरार छन् ।

जिल्ला प्रहरी कार्यालयमा जोशी विरुद्ध पनि छात्राको परिवारले जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयले ती दुबै जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको बताउँदै आएको छ । पालिका स्तरीय आन्दोलन परिचालन समितिले आन्दोलनलाई थप सशक्त बनाउने समितिका संयोजक जोशीले बताए ।

समितिले भीमदत्त नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई सहितका निकायमा ज्ञापन बुझाउन र आन्दोलनका थप कार्यक्रम सम्बन्धि छलफलका लागि आइतबार विहान १० बजे विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी सबैलाई भीमदत्त नगरपालिका कार्यालयमा उपस्थितिका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया