ताजा अपडेट
दार्चुलामा एक महिलाले आफैमाथि मट्टीतेल छर्केर आत्मदाहको प्रयास
दार्चुलाः दार्चुलामा एक महिलाले आफैमाथि मट्टीतेल छर्केकी छिन्। जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्।
साउँदले आज बिहान घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको छ। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो।
जलेर गम्भीर घाइते साउँदको गोकुलेश्वरमा उपचारका हुन नसकेपछि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक सिंहले बताए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुलेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया