Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ११ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूर पहाडमा चामलको मौज्दात सकियो, १४ सय क्वीन्टल ढुवानी

सुदूर पहाडमा चामलको मौज्दात सकियो, १४ सय क्वीन्टल ढुवानी

धनगढीः सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष ४० हजार क्वीन्टल चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले बिक्री गर्दै आएको छ। तर, चालु आर्थिक वर्ष २०८०/८१ मा चामल खरिद तथा ढुवानीको ठेक्का सम्झौता भएको छैन। चामल ढुवानीको ठेक्का सम्झौतामा समय लाग्ने देखिएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रति जिल्ला दुई सय क्वीन्टलका दरले पहाडी जिल्लामा चामल पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीकी प्रमुख अञ्जली बस्नेतले बताइन्।

उनका अनुसार चालु आर्थिक वर्षको खरिद र ढुवानीको ठेक्का नभए पनि पहाडी जिल्लामा चामलको अभाव भएपछि पठाइएको हो। हरेक वर्ष वर्षातको सुरुवातसँगै सुदूरपश्चिमका दुर्गम पहाडी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ। तर, यो वर्ष पहाडी जिल्लामा चामलको मौज्दात सकिएपछि प्रतिक्वीन्टल दुई सयका दरले चामल पठाइएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीले खाद्यान्न आपूर्ति गर्दै आएको छ। ‘धनगढीमा हाल तीन हजार क्वीन्टल चामल मौज्दात छ। पहाडी जिल्लामा चालम सकिएपछि पठाएका छौ। धनगढीमा तीन हजार क्वीन्टल चामल छ।

यो वर्षको ठेक्का स्वीकृत भने भएको छैन,’ प्रमुख बस्नेतले भनिन्। बझाङको साइपाल गाउँपालिका र बाजुरा जिल्लामा खाद्यान्नको बढी अभाव हुने गरेको छ। वर्षातमा सडक यातायात अवरुद्ध हुने बाजुरामा चामलको अभाव हुने गरेको छ। तर, यो वर्ष मागको आधारमा चामल ढुवानी भएको कम्पनीको दाबी छ।

खाद्यान्न संकटको जोखिम क्षेत्र मानिने बाजुरामा कम्पनीका दुईवटा डिपो छन्। बझाङ, बाजुरा र दार्चुला खाद्यान्न अभाव हुने प्रमुख जिल्ला हुन्। खाद्यसंकट हुने सुदूरपश्चिमका पाँच पहाडी जिल्लाका लागि खाद्य व्यापार कम्पनीको प्रादेशिक कार्यालयले वार्षिक कोटा निर्धारण गरेर अनुदानमा खाद्यान्न ढुवानीको व्यवस्था गर्दै आएको छ।

प्रतिक्रिया