Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिमका पाँच महिलाको इलामबाट उद्धार, तीन जना विरुद्ध बेचबिखनको दर्ता

सुदूरपश्चिमका पाँच महिलाको इलामबाट उद्धार, तीन जना विरुद्ध बेचबिखनको दर्ता

धनगढी : सुदूरपश्चिमका पाँच महिलाको इलामबाट उद्धार गरिएको छ। इलामको नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गर्दा उनीहरूको उद्धार गरिएको हो।

सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सीमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपाल सहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय, इलामले बताएको छ।

उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए। उनले राति आठ बजेको समयमा सीमाना कटाउन लाग्दा शङ्​कास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा मानव तस्करले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्धार भएको उनले बताए। उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन्। पोख्रेलका अनुसार महिलालाई यौन धन्दामा प्रयोग गर्न पशुपतिनगर नाका हुँदै लैजाने गरिएको छ। भने पुरुषलाई समेत विभिन्न कामको प्रलोभन देखाएर शरीरका विभिन्न अङ्ग​ग बिक्री गर्नका लागि भारत लैजाने गरिएको छ।

इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महिलालाई भारत लैजाँदै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ वर्षीय उपेन्द्र बडू, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ४ का २० वर्षीय सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका २ का १९ वर्षीय सुशीला धामी छन्। पक्राउ गरिएका तीनै जना विरुद मुद्दा दर्ता भएको उनले बताए।

माइती नेपालले उद्धार गरिएका पाँच जनामध्ये तीन जनालाई माइती नेपाल र स्थानीय प्रहरीले परिवारको जिम्मा लगाएको छ। दुई जनालाई माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया