ताजा अपडेट
सुदूरपश्चिमका पाँच महिलाको इलामबाट उद्धार, तीन जना विरुद्ध बेचबिखनको दर्ता
धनगढी : सुदूरपश्चिमका पाँच महिलाको इलामबाट उद्धार गरिएको छ। इलामको नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गर्दा उनीहरूको उद्धार गरिएको हो।
सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सीमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपाल सहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय, इलामले बताएको छ।
उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए। उनले राति आठ बजेको समयमा सीमाना कटाउन लाग्दा शङ्कास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा मानव तस्करले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्धार भएको उनले बताए। उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन्। पोख्रेलका अनुसार महिलालाई यौन धन्दामा प्रयोग गर्न पशुपतिनगर नाका हुँदै लैजाने गरिएको छ। भने पुरुषलाई समेत विभिन्न कामको प्रलोभन देखाएर शरीरका विभिन्न अङ्गग बिक्री गर्नका लागि भारत लैजाने गरिएको छ।
इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महिलालाई भारत लैजाँदै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ वर्षीय उपेन्द्र बडू, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ४ का २० वर्षीय सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका २ का १९ वर्षीय सुशीला धामी छन्। पक्राउ गरिएका तीनै जना विरुद मुद्दा दर्ता भएको उनले बताए।
माइती नेपालले उद्धार गरिएका पाँच जनामध्ये तीन जनालाई माइती नेपाल र स्थानीय प्रहरीले परिवारको जिम्मा लगाएको छ। दुई जनालाई माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया