Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ,२४ भदौ ।  एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ। 

नेपाली समय अनुसार दिउँसो ३स्१५ बाट खेल शुरू हुनेछ। तर, आजको खेल वर्षाले अवरुद्ध हुने सम्भावना रहेको छ। आज खेल हुने कोलम्बोको आर। प्रेमदास क्रिकेट रंगशाला क्षेत्रमा वर्षाको सम्भावना ९० प्रतिशतसम्म रहेको छ।

भारत र पाकिस्तानबीचको यसअघि समूह चरणको खेल पनि वर्षाका कारण पटक पटक अवरुद्ध भई रद्द भएको थियो। तर, यसपटक यी दुई टोलीबीचको खेलको लागि ‘रिजर्भ डे’को समेत व्यवस्था छ। अर्थात् वर्षाका कारण आज खेल अवरुद्ध भएमा भोलि पुनः खेल हुनेछ। एशिया कपमा फाइनल र यो खेलका लागि मात्र रिजर्भ डेको व्यवस्था गरिएको हो।

यसबीच पाकिस्तानले भारत विरुद्ध खेल्ने आफ्नो प्लेइङ ११ सार्वजनिक गरिसकेको छ। बाबर आजमको कप्तानीमा मैदानमा उत्रने पाकिस्तानी टोलीमा शादाब खान, फखार जमान, इमाम उल हक, सलमान अली अघा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, फहीम अस्रफ, नसीम शाह, शाहीनशाह अफ्रिदी र हरीश रउफ रहेका छन्।

यस्तै, भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराहको पुनरागमन भएको छ। राहुल चोटका कारण बाहिर थिए भने बुमराह सन्तान जन्मिएकाले भारत फर्किएका थिए।

अर्थात् भारतीय टोलीमा अब इशान किसनको स्थानमा केएल राहुल र मोहम्मद शामीको स्थानमा बुमराह हुन सक्नेछन्। बाँकी शुभमन गिल, रोहित शर्मा, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव र मोहम्मद सिराज हुन सक्नेछन्।

प्रतिक्रिया

ट्रेन्डिङ