ताजा अपडेट
एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ,२४ भदौ । एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाली समय अनुसार दिउँसो ३स्१५ बाट खेल शुरू हुनेछ। तर, आजको खेल वर्षाले अवरुद्ध हुने सम्भावना रहेको छ। आज खेल हुने कोलम्बोको आर। प्रेमदास क्रिकेट रंगशाला क्षेत्रमा वर्षाको सम्भावना ९० प्रतिशतसम्म रहेको छ।
भारत र पाकिस्तानबीचको यसअघि समूह चरणको खेल पनि वर्षाका कारण पटक पटक अवरुद्ध भई रद्द भएको थियो। तर, यसपटक यी दुई टोलीबीचको खेलको लागि ‘रिजर्भ डे’को समेत व्यवस्था छ। अर्थात् वर्षाका कारण आज खेल अवरुद्ध भएमा भोलि पुनः खेल हुनेछ। एशिया कपमा फाइनल र यो खेलका लागि मात्र रिजर्भ डेको व्यवस्था गरिएको हो।
यसबीच पाकिस्तानले भारत विरुद्ध खेल्ने आफ्नो प्लेइङ ११ सार्वजनिक गरिसकेको छ। बाबर आजमको कप्तानीमा मैदानमा उत्रने पाकिस्तानी टोलीमा शादाब खान, फखार जमान, इमाम उल हक, सलमान अली अघा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, फहीम अस्रफ, नसीम शाह, शाहीनशाह अफ्रिदी र हरीश रउफ रहेका छन्।
यस्तै, भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराहको पुनरागमन भएको छ। राहुल चोटका कारण बाहिर थिए भने बुमराह सन्तान जन्मिएकाले भारत फर्किएका थिए।
अर्थात् भारतीय टोलीमा अब इशान किसनको स्थानमा केएल राहुल र मोहम्मद शामीको स्थानमा बुमराह हुन सक्नेछन्। बाँकी शुभमन गिल, रोहित शर्मा, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव र मोहम्मद सिराज हुन सक्नेछन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया