Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी कृषि पढ्न इजरायल जाँदै

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी कृषि पढ्न इजरायल जाँदै

धनगढी,२४ भदौ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी प्रयोगात्मक सिकाइका लागि इजरायल जाने भएका छन् । टीकापुर कृषि क्याम्पसका आठौं सेमेस्टरका विद्यार्थी आउँदो साता इजरायल जाने भएका हुन् ।

नेपालस्थित इजरायली राजदूतावासको सहजीकरणमा सेडट नेगेभ कलेजसँग भएको सम्झौताअनुसार विद्यार्थीहरुले उक्त अवसर पाउन लागेका हुन् । आठौं सेमेस्टरका ४९ जना विद्यार्थीले इजरायलका कृषि फार्ममा प्रयोगात्मक अभ्याससँगै आम्दानी समेत गर्नेछन् ।

इजरायली दूतावाससँग भएको सम्झौताअनुसार कृषि संकायमा अध्ययनरत आठौं सेमेस्टरका हरेक शैक्षिक सत्रका विद्यार्थी अध्ययनका लागि इजरायल जान पाउने पकुलपति अम्मराज जोशीले बताए । विद्यार्थीहरुले ११ महिनासम्म विभिन्न कृषि फार्ममा काम गरेर व्यवसायिक खेतीका विधिको प्रयोगात्मक सिकाइसँगै कमाइ समेत गर्न सक्नेछन् ।

विद्यार्थीहरु अर्न एण्ड लर्न प्रोग्रामअन्तर्गत विद्यार्थीहरु इजरायल जान लागेका र त्यहाँको प्रविधीको बारेमा पनि सिक्ने उनको भनाई छ । उनका अनुसार सोमबार १५ जना र मंगलवार ३४ जना प्रस्थान गर्नेछन् ।

विश्वविद्यालयले कृषि संकायमा हरेक वर्ष ११० जना विद्यार्थी भर्ना गर्ने गरेको छ । जसमध्ये १० जना सुदूरपश्चिम प्रदेशका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु हुन्छन् । यसपटक सय विद्यार्थीमध्ये ९२ जना मात्रै अध्ययनरत छन् । तीमध्ये ५५ जनाले इजरायलका लागि आवेदन दिएका थिए । तिनैबाट ५० जना छनोट भएका थिए । एक जना बिरामी भएका कारण जान नसक्ने भएको डीन अमगाइले बताए ।

विश्वविद्यालयले ९२ जना विद्यार्थीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न २४ जिल्लामा पठाएका थियो । हिमाली, पहाडी र तराईमा काम गर्ने विद्यार्थीले भूगोलअनुसार १४ हजारदेखि २४ हजार रुपैयाँसम्म मासिक आम्दानीसमेत गरेका थिए । उक्त परियोजनामा समेत विद्यार्थीले कुनै सिकायत नआउने गरी काम गरेकाले इजरायलमा पनि राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको डीन अमगाईले बताए ।

विश्वविद्यालयमा अर्न एण्ड लर्न कार्यक्रम गत वर्ष मंसिरमा सुरु गरिएको थियो । त्यही कार्यक्रमअन्तर्गत वैशाखमा इजरायलमा विद्यार्थी पठाउने निश्चित भएपछि असारमा सेडट कलेजसँग सम्झौता भएको हो । अन्य देशमा पनि विभिन्न कलेज र दूतावाससॅंग यही कार्यक्रमका लागि पहल भइरहेको डीन अमगाईले बताए ।

प्रतिक्रिया