Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नुनका लागि नागरिकता :अनुदानभन्दा महँगोमा बिक्री गर्दै गाउँपालिका

नुनका लागि नागरिकता :अनुदानभन्दा महँगोमा बिक्री गर्दै गाउँपालिका

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका- १ का जाजनी कामी ६० वर्षका भए । बुढो शरीर लिएर प्रत्येक हप्ता आइतबार ५ घण्टा हिँडेर नुनका लागि उनी वडा नम्बर ४ मा रहेको ढुंगेबजार पुग्छन् ।

ढुंगेबजारमा रहेको कृषि हाट बजार तथा संकलन केन्द्रमा १०० रुपैयाँमा ८ पोका नुन पाइन्छ । हप्ता दिनका लागि उनी नागरिकता बोकेर आउँछन् र नुन बोकेर जान्छन् । कहिले पाँच घण्टा हिँडेर आउँदा पनि रित्तो हात फर्किनुपर्दा नुन बोक्दाको शरीरभन्दा भारी हुन्छ उनको मन ।

‘बुढो भएँ भनेर के गर्नु हजुर, नुन त चाहियो, त्यसैको लागि यहाँसम्म आउँछु’, उनी भन्छन्, ‘नुन पाउँदा खुसी भएरै फकिन्छु, नपाउँदा कति दिनसम्म नुन नहालेकै तरकारी पनि खान्छु ।’

सापटाकी कल्पना न्यौपाने कक्षा १० मा पढ्छिन् । विद्यालय जानुभन्दा पनि उनको ठूलो जिम्मेवारी घरसम्म नुन पुर्‍याउनु छ । कतिपल्ट विद्यालय नै छोडेर नुनको लागि लाइन बस्न परेको उनलाई याद छ ।

‘यहाँ आउन ४ घण्टा लाग्छ, ४-५ घण्टा यहाँ लाइन बस्नुपर्छ । फर्किन त्यति नै समय लाग्छ । धेरैपल्ट मैले विद्यालय नगएरै नुनको लाइनमा बसेको छु’, उनले भनिन् ।

आइतबार मुगु र बाजुराको सिमानाबाट आफ्नो २ वर्षको बालकलाई घरमै छोडेर नुन लिन आएकी सुर्जा महताराले ४ घण्टासम्म लाइनमा बस्दा पनि नुन नपाएको गुनासो गरिन् । अझै केही घण्टा नुनको लागि लाइन बस्दा छोरो एक्लै घरमा रोइरहेको हाेला भन्ने पीरले उनलाई पोलिरहेको थियो ।

‘बिहानै छोरालाई घरमा एक्लै छोडेर आएको हुँ । अझै पालो आएको छैन’, उनले भनिन्, ‘आउन-जान १० घण्टा लाग्छ । घरमा छोरा एक्लै रोइरहेको होला ।’

यस्तो पीडा यहाँका हजारौंले खेपिरहेका छन् । नुन सहज पाइँदैन । नुन पाउन नागरिकता देखाउनुपर्छ । नागरिकता देखाउँदा पनि ८ पोकाभन्दा धेरै नुन पाइँदैन । एउटा व्यक्तिले एउटा नागरिकता देखाउनुपर्ने त्योभन्दा अर्काे नागरिकता देखाउँदा थप नुन नपाइने ।

ढुंगेबजारमा रहेको कृषि हाट बजार तथा संकलन केन्द्रमा १०० रुपैयाँ लिएर आउने व्यक्तिलाई ८ पोका नुन दिने गरेको डिपो प्रमुख चेतन महताराले जानकारी दिए । प्रत्येक साताको आइतबार नुन वितरण हुन्छ । ८ पोका नुनका लागि सयौं उपभोक्ता घण्टौं हिँडेर घण्टौ‌ लाइनमा बस्न बाध्य छन् ।

‘यहाँ सातामा एक दिन नुन दिइन्छ, लिन आउनेहरूको घुइँचो हुन्छ’, डिपो प्रमुख महतराले भने, ‘उहाँहरूले भनेको जति दिन त सकेका छैनौं, तर दामासाही रुपमा प्रत्येक व्यक्तिले नागरिकता नम्बर लेखाएर १०० रुपैयाँमा ८ पोका नुन पाउनुहुन्छ ।’

अनुदानभन्दा महँगोमा बिक्री

स्वामीकार्तिक खापर गाउँपालिकाले कोल्टीबाट खरिद गरेर यहाँ नुन वितरण गर्ने गरेको छ । अनुदानमा उपभोक्ताहरूलाई तोकिएको भन्दा धेरै मूल्यमा गाउँपालिकाले नुन बिक्री गर्ने गरेको छ ।

९ रुपैयाँमा खरिद गरेको नुन गाउँपालिकाले १२ रुपैयाँ ५० पैसामा बिक्री गर्दै आएको छ । एउटा व्यक्तिबाट मात्रै गाउँपालिकाले अनुदानको नुनमा २८ रुपैयाँ बढी लिइरहेको छ । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले भने ढुवानी खर्च बढी भएका कारण बढी रकम लिएको बताउँछन् ।

‘कोल्टीबाट केही टाढा भएको हुँदा हामीलाई ढुवानी खर्च लाग्ने गरेको छ । त्यही खर्च बढि लाग्ने हुँदा कोल्टीभन्दा यहाँ नुन महँगो भएको हो ’ उनले भने ।

२ वर्ष पहिलेसम्म यहाँका उपभोक्ताले कोल्टी पुगेर नुन ल्याउने गरेका थिए । अहिले आफ्नै पालिकामा नुन पाउँदा हर्षित भएका उनीहरु सरकारले अनुदानमा दिएको नुनमा पनि बढी मूल्य तिर्न परेकाे गुनासाे गर्छन् । पाँच वडा रहेको यो गाउँपालिकाका सबै उपभोक्ता गाउँपालिकाको केन्द्रमा रहेको कृषि हाट बजार तथा संकलन केन्द्रमा आउनुपर्छ र सरकारले तोकेको रकमभन्दा २८ रुपैयाँ बढी तिरेर ८ पोका नुन लैजानुपर्छ । गत वर्षमात्रै ८०० क्विन्टल नुन खपत भएको गाउँपालिकामा यो वर्ष त्योभन्दा पनि धेरै खपत हुने देखिएको छ ।

गाउँपालिकाले ढुवानीमा अनुदान दिएर उपभोक्तालाई सस्तोमा नुन उपलब्ध गराउन सक्ने अवस्था हुँदाहुँदै यसतर्फ भने ध्यान गएको छैन । एउटा व्यक्तिबाट मात्रै २८ रुपैयाँ बढी लिँदा गाउँपालिकाले अनुदानकै नुनबाट पनि ठूलो रकम उठाउने गरेको छ ।

विकट क्षेत्रका नागरिकहरूको लागि सरकारले सस्तोमा नुन उपलब्ध गराउने नीतिअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानमा नुन उपलब्ध गराउँदै आएको छ । बाजुरामा मात्रै मार्तडी, कोल्टी, मौरे र कवाडीमा यसरी नुन उपलब्ध हुँदै आएको छ ।

सरकारले अनुदानमा उपलब्ध गराएको नुन बढीमा बिक्री गर्न नपाइने साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख वासुदेव उपाध्यायले जानकारी दिए । उनले अनधिकृत रुपमा बिक्री गरेको पाइए कारबाही हुनेसमेत बताए ।

‘असम्बन्धित व्यक्ति वा निकायले अनुदानको नुन बिक्री गर्न पाउँदैनन्, त्यस्तो अवस्थामा अझै बढीमा बिक्री भएको पाइए कारबाही हुन्छ’, उनले भने, ‘गाउँपालिकाहरूले ढुवानीमा अनुदान दिएर भए पनि अनुदानकै रकममा बिक्री गर्नु मनसिब हुन्छ । धेरै मूल्य राखेर बिक्री गर्न भने पाइँदैन ।’

गाउँपालिका अध्यक्ष रोकाया भने नयाँ नुन आउँदा महँगो नपर्ने गरी आफूहरू लागिरहेको बताउँछन् । उनले वडासम्मै नुन पुर्‍याउन आफूहरू लागिरहेकोसमेत बताए ।

प्रतिक्रिया