Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एशिया कप: भारत र पाकिस्तान आज पुनः भिड्ने

एशिया कप: भारत र पाकिस्तान आज पुनः भिड्ने

काठमाडौँ । वर्षाका कारण अवरुद्ध भएको भारत र पाकिस्तानबीचको खेल आज पुनः हुने भएको छ। 

भारतले हिजो २४ ओभर एक बलमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो। आज दिउँसो ३ः१५ मा यही अवस्थामा खेल शुरू हुनेछ।

जारी एशिया कपमा वर्षाको पूर्वानुमानसँगै भारत र पाकिस्तानबीचको ‘सुपर फोर’को खेल र फाइनल खेलका लागि ‘रिजर्भ डे’को व्यवस्था गरिएको छ। जस अनुसार आज रिजर्भ डेमा खेल हुन लागेको हो।

तर, आज पनि श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदास अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्षेत्रमा पानी पर्ने सम्भावना छ। 

आइतबार टस हारेर भारतले पहिला ब्याटिङ गर्ने निम्तो पाएको थियो। तर, पाकिस्तानी बलरसामु भारतीय ओपनर ब्याटरहरू खरो रूपमा उत्रिए।

रोहित शर्मा र शुभमन गिल दुवैले अर्धशतकीय पारी खेले। रोहित ५६ र शुभमन ५८ रन बनाएर क्रमशः शादाब खान र शाहीनशाह अफ्रिदीको बलमा आउट भए। आउट हुनुअघि यी दुईले १२१ रनको साझेदारी बनाएका थिए।

यसपछि मैदानमा उत्रिएका विराट कोहली र केएल राहुल क्रमशः आठ र १७ रनमा खेलिरहेका छन्।

भारतले आज पाकिस्तानको सामना गरेपछि भोलि श्रीलंकाको सामना गर्नेछ। 

प्रतिक्रिया

ट्रेन्डिङ