Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सीपीएल आजबाट, सन्दीपको खेल कहिले ?

सीपीएल आजबाट, सन्दीपको खेल कहिले ?

ट्रिनीडाड : क्वाराबिन राष्ट्रहरुका टोलीबीच हुने क्वाराबिन प्रिमियर लिग(सीपीएल) आजबाट सुरु हुँदैछ । वेस्टइडिन्ज क्रिकेट बोर्डको आयोजनामा हुने यस लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्दैछन् । 

कोभिड–१९ संक्रमणको त्रासकाबीच सुरु हुन लागेको सीपीएलको ८औं संस्करण एक शहरमा मात्रै हुनेछ । क्याराबिन राष्ट्र ट्रिनीडाड एण्ड टोबागोको ट्रिनीडाड शहरका दुई रंगशालामा लिगका खेलहरु हुने गरी तालिका तयार पारिएको छ । ट्रिनीडाडको ब्रेन लारा र क्वीन्स पार्क मैदानमा बिनादर्शक खेल हुनेछन् । 

पहिलो खेलमा आज ट्रिबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे खेल सुरु हुनेछ । 

नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाशले बुधबारको दोस्रो खेलमा सेन्ट लुसिया जोक्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार पौने ८  बजे यो खेल हुनेछ । 

सन्दीपको टोलीका कप्तान वेस्टइन्डिजका ब्याट्म्यान रोभमान पावेल हुन् । उनको टोलीमा वेस्टइन्डिजकै आन्द्रे रसेल, ग्लेन फिलिप्स, कार्लाेस ब्रेथवेट,  चान्ड्वीक वाल्टन, अफगास्तिानका मुजिव रहमान, पाकिस्तानका आसिफ अली लगायतका खेलाडी छन् । 

२०१९ को सिजनमा बार्बाडोज ट्रिडेन्समा आवद्ध सन्दीपले ६ खेल खेलेका थिए जसमा  ८ विकेट लिए । तयसपछि सिंगापुर र ओमानमा भएको टी–२० सिरिज खेल्नका लागि नेपाली टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन् ।  यस सिजनमा बेस्ट बलिङ इकोनोमीमा सन्दीप ९औं स्थान रहे । १९.२ ओभर बलिङ गरेका उनको बलिङ इकोनोमी ६.५१ थियो । ५.६३ इकोनोमी रहेका दक्षिण अफ्रिकी लेग स्पीनर इम्रान ताहिर पहिलो स्थानमा रहे । सन्दीपको टोलीले गत सिजन सीपीएलको उपाधि जितेको थियो । 

२०१८ को सिजनमा सन्दीपले  पहिलो पटक सीपीएल खेल्ने मौका पाएका थिए । सेन्ट किट्स एन्ड नेभिज पेट्रिवट्सले सन्दीपलाई लिएको थियो । सो सिजनमा ५ खेल मात्रै खेलेका उनले ७  विकेट लिएका थिए । उनको बलिङ इकोनोमी ६.२४ थियो । सीपीएल २०१८ को बेस्ट बलिङ एकोनोमीमा सन्दीप पाचौं स्थानमा रहन सफल भएका थिए । सो सिजनमा सन्दीपले क्याराबिन प्रिमियर लिग (सीपीएल) को ‘ब्रेक थ्रु स्टार’ अवार्ड प्राप्त गर्न सफल भएका थिए । 

लगातार तेस्रो पटक खेल्दै सन्दीप लामिछाने

नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेग स्पिनर सन्दीप लामिछाने भने लगातार तेस्रो पटक सीपीएल खेल्दैछन् । उनी यस सिजन जमैका तल्वाहाजबाट खेल्दैछन् । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस पटक सन्दीप एक करोडभन्दा बढी रकममा जमैकामा अनुबन्धित भएका हुन् ।

जमैकन टिममा अलराउण्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेइट, मुजिव उर रहमान जस्ता खेलाडीहरु छन् ।

सन्दीप सम्मिलित जमैकाले आफ्नो पहिलो खेल बुधबार सेन्ट जोउक्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

प्रतिक्रिया