Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०३ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो

धनगढी / लिटल फ्लावर प्रीमियर लिग (एलपिएल ८) सिनियर टी २० क्रीकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको टुंगो लागेको छ।
आयोजक लिटल फ्लावर स्पोर्ट्स क्लब र सहआयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगितामा सहभागी हुने १६ वटा टिमहरुको नामावली प्रकाशन गरेसङ्गै प्रतियोगितामा सहभागी हुने १६ वटा क्रीकेट टिमहरुको टुंगो लागेको हो।

प्रतियोगिताको आठौं संस्करणमा क्रीकेट एक्सिलेन्स सेन्टर बालुवाटार, काठमाडौ, गरुडा नगरपालिका रौतहट, लिटल एन्जल्स बोर्डिङ स्कुल भालुवाङ्ग दाङ, शुक्लाफाटा ब्ल्याकबक्स फाउन्डेसन कंचनपुर, जे एस स्पोर्ट्स सुपर स्टार कंचनपुर, खप्तड इन्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर कंचनपुर, युथ अफ टिकापुर टिकापुर कैलाली रहेका छन।

यसैगरी घोडाघोडी क्रीकेट एकेडेमी सुख्ख्ड, कैलाली, सत्यवती क्रीकेट एकेडेमी अत्तरीया कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, सुदुरपश्चिमान्चल क्याम्पस एसपिए धनगढी कैलाली रहेका छन।

प्रतियोगितामा सहभागी अन्य टिमहरुमा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी कैलाली, कैलाली जिल्ला क्रीकेट क्लब धनगढी कैलाली, धनगढी स्पोर्ट्स क्लब बोराडाडी धनगढी कैलाली, धनगढी क्रीकेट एकेडेमी धनगढी कैलाली र शारदा माद्यमिक विद्यालय बैयाबेहेडी धनगढी रहेका छन।

प्रतियोगिता मंसिरको पहिलो हप्तादेखि धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिताको बिजेताले २ लाख ५५ हजार ५ सय ५५ हजार तथा उपबिजेताले १ लाख २८ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

यसैगरी प्रतियोगिताको सर्बोत्कृट खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटर र बलरले जनही नगद ७ हजार ५ सय र उदियमान खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन।

यसैगरी प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन भने प्रत्येक खेलमा म्याक्सिम सिक्सेस प्रहार गर्ने खेलाडीले जनही ५ सय प्राप्त गर्नेछन।
 

प्रतिक्रिया

ट्रेन्डिङ