Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २० साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो।

योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ। आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान भिड्दैछन्।

पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अंकमा समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो। पाकिस्तानसँग बराबरी गरेको मालदिभ्स १ अंकमा तालिकाको पुछारमा रहँदै समुह चरणबाटै बाहिरिएको छ।  

नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र  निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो।

खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो। त्यसको दुई मिनेट पछि नै निराजन कै प्रहार क्रसबारको थौरैमाथिबाट बाहिरियो।खेलको १७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको २७ औं मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्रिकीक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए।

२९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा पासमा समिर तामाङको उत्कृष्ट गोलमा नेपालले अग्रता दोब्बर पार्यो।

खेलको ३४ औं मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सीमित भए। नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे।

मालदिभ्सका खेलाडीको लङ क्रस प्रहार अफ बलमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए।

खेलको ८८ औं मिनेटमा प्रशान्त लक्सामको क्रसमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अवस्थामा ल्याए।

इन्ज्युरी समयमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। दीपक थापामगरको क्रसमा समिरले हेडर गोल गरे।

प्रतिक्रिया

ट्रेन्डिङ