Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लिटल फ्लावर प्रीमियर लिग मंसिर ९ गते देखि संचालन हुने

लिटल फ्लावर प्रीमियर लिग मंसिर ९ गते देखि संचालन हुने

धनगढी । लिटल फ्लावर प्रीमियर लिगको आठौं संस्करण यहि मंसिर ९ गते देखि हुने भएको छ । 

लिटल फ्लावर स्पोर्टस क्लब धनगढीको आयोजनामा संचालन हुन गइरहेको खुला (सिनियर) टी–२० क्रिकेट प्रतियोगिता २०८० लिटल फ्लावर प्रीमियर लिगको आठौं संस्करण  २०८० मंसिर ९ गते देखि २३ गते सम्म संचालन हुने  क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । 

प्रतियोगिता आठौं संस्करण धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु दुई लाख पचपन्न हजार पाँच सय पचपन्न तथा उपविजेताले एकलाख आठाइस हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।  प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद  १५ हजार, उत्कृष्ट बलरले नगद रु ७ हजार पाँच सय उत्कृष्ट ब्याटरले  नगद ७ हजार पाँच सय प्राप्त गर्ने छन । 

खेलको प्लेयर अफ द म्याचले नगद रु. १ हजार पाँच सय र प्रतियोगिताको उदियमान  खेलाडीले  ५ हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । सम्पुर्ण खेलहरु राष्ट्रिय टेलिभिजन न्यूज नेपाल   टेलिभिजन एचडी द्वारा प्रसारण  गरिने आयोजकले जनाएको छ । 

 २०७३ मा माघ ०५ गते देखि माघ १६ गते सम्म यस प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको थियो। यो प्रतियोगिता प्रत्येक वर्ष संचालन हुने गर्दछ ।  प्रतियोगितामा विगतका वर्षहरुमा १० वटा टीमको सहभागीता रहेको भएपनि यस वर्ष १६ वटा टिमले  सहभागिता जनाउने छन्।

प्रतियोगिताको आयोजक लिटल फ्लावर स्पोर्टस क्लब रहेको छ भने प्रबर्द्धकमा धनगढी उपमहानगरपालिका रहेको छ। यसै गरि सपोर्टड वाई लिटल फलावर बोर्डिङ स्कुल धनगढी रहेको छ। यसैगरी  हस्पिटालिटी पार्टनर ईमेज होटल प्रा.लि, पब्लिकेशन पार्टनर ओसन पब्लिकेशन प्रालि, स्टेशनरी पार्टनर सानभी बुक्स एण्ड स्टेशनरी, सहप्रायोजक राईजिङ्ग स्टार बोर्डिङ स्कूल, सहप्रायोजक  युवा समाजसेवी विनोद शाही हाल अमेरिका,श्री कलेज अफ मेनेजमेन्ट काठमाडौ  रहेका छन।  

व्यानर प्रायोजकहरुमा समाजसेवी ईन्द्र बहादुर चन्द, समाजसेवी कृति नाथ, समाजसेवी सागर भण्डारी, समाजसेवी अनुज विष्ट हाल अस्ट्रेलिया, न्यू आर्यान फेन्सी स्टोर, मालिकार्जुन हार्डवेयर प्रालि र कमिक्षा देवी डेरी रहेका छन्। 

LPL-8

प्रतिक्रिया

ट्रेन्डिङ