Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

२ करोड ५५ लाखमा बिक्यो महात्मा गान्धीको चश्मा

२ करोड ५५ लाखमा बिक्यो महात्मा गान्धीको चश्मा

महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम भएको छ। यसलाई एक अमेरिकी संकलकले खरिद गरेका हुन्।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ।

एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रक्म प्राप्त गर्ने आशा राखिएको थियो। चश्माका मालिक  म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन्।  

गान्धीलाई यो चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ।

'लगभग ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो। यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए। अहिले यस्तो रकम पाए, जसले उनको जीवन बदल्नेछ', इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने।

कसरी लिलामी कम्पनीमा पुग्यो चश्मा?

'शुक्रबार राति कसैले हाम्रो लेटरबक्समा यसलाई खसालिदिएको थियो, जहाँ सोमबारसम्म यो रहिरह्यो', लिलामी कम्पनीका स्टोले भने।

खाममा चश्मा पाएपछि कम्पनीले चश्मा मालिकलाई सम्पर्क गरेर त्यसको महत्वको बारेमा सम्झाए। महत्व सुनेपछि ती चश्मा मालिकलाई 'झण्डै हृदयघात' नै भएको स्टोको भनाइ छ।

'हाम्रा एक स्टाफले यो हामीलाई दिए। योसँगै एउटा पत्रपनि थियो जसमा यो गान्धीको चश्मा भएको उल्लेख थियो', स्टोले भने।

चश्मा मालिकका अनुसार १९२० को दशकमा उनको परिवारका एक सदस्यले दक्षिण अफ्रिका भ्रमणमा गएका बखत गान्धीलाई भेटेका थिए। उनीबाट नै यो चश्मा पुस्तान्तरण हुँदै उनीसमक्ष आइपुगेको हो।

स्टोका अनुसार चश्माका बारेमा थाहा पाएपछि सोका बारेमा अनुसन्धान गरिएको थियो।

'सबै तारिख मात्र होइन कि हामीले गान्धीले चश्मा लगाएको समयसमेत मिलेको पायौं', स्टोले भने।

उनका अनुसार सम्भवत गान्धीले लगाएको पहिलो चश्मा हो।

प्रतिक्रिया