Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

२ करोड ५५ लाखमा बिक्यो महात्मा गान्धीको चश्मा

२ करोड ५५ लाखमा बिक्यो महात्मा गान्धीको चश्मा

महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम भएको छ। यसलाई एक अमेरिकी संकलकले खरिद गरेका हुन्।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ।

एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रक्म प्राप्त गर्ने आशा राखिएको थियो। चश्माका मालिक  म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन्।  

गान्धीलाई यो चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ।

'लगभग ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो। यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए। अहिले यस्तो रकम पाए, जसले उनको जीवन बदल्नेछ', इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने।

कसरी लिलामी कम्पनीमा पुग्यो चश्मा?

'शुक्रबार राति कसैले हाम्रो लेटरबक्समा यसलाई खसालिदिएको थियो, जहाँ सोमबारसम्म यो रहिरह्यो', लिलामी कम्पनीका स्टोले भने।

खाममा चश्मा पाएपछि कम्पनीले चश्मा मालिकलाई सम्पर्क गरेर त्यसको महत्वको बारेमा सम्झाए। महत्व सुनेपछि ती चश्मा मालिकलाई 'झण्डै हृदयघात' नै भएको स्टोको भनाइ छ।

'हाम्रा एक स्टाफले यो हामीलाई दिए। योसँगै एउटा पत्रपनि थियो जसमा यो गान्धीको चश्मा भएको उल्लेख थियो', स्टोले भने।

चश्मा मालिकका अनुसार १९२० को दशकमा उनको परिवारका एक सदस्यले दक्षिण अफ्रिका भ्रमणमा गएका बखत गान्धीलाई भेटेका थिए। उनीबाट नै यो चश्मा पुस्तान्तरण हुँदै उनीसमक्ष आइपुगेको हो।

स्टोका अनुसार चश्माका बारेमा थाहा पाएपछि सोका बारेमा अनुसन्धान गरिएको थियो।

'सबै तारिख मात्र होइन कि हामीले गान्धीले चश्मा लगाएको समयसमेत मिलेको पायौं', स्टोले भने।

उनका अनुसार सम्भवत गान्धीले लगाएको पहिलो चश्मा हो।

प्रतिक्रिया