ताजा अपडेट
कमलबजारमा चट्याङ लागेर ४ जना घा'इ'ते
पबित्रा खड्का भदौ ७ ,अछाम
अछाम जिल्लाको कमलबजार नगरपालिका - १ मुलीमा चट्याङ लागेर ४जना घा'ई'ते भएका छन । घा'ई'ते हुनेमा ३५ बर्षिय पुर्ण बहादुर भण्डारी, ३३ बर्षिया उनकी श्रीमती मोतिकला भण्डारी सोहि ठाउँकी १८ बर्षिया तुलक्षा बजगाँइ र १५ र्बषिया डिग्रा बजगाँइ रहेका छन् । उनीहरुको एकमलबजार प्राथमीक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। साथै चट्याङ लागेर पुर्णबहादुर भण्डारीका दुई भैंसी र जक्तीराम बजगाँइका दुइवटा बाख्रा मरेका छन ।
चट्याङले पुर्ण बहादुर भण्डारीको घरमा सामान्य क्षेती भएको इलाका प्रहरी कार्ययालय कमलबजारका इन्चार्ज प्रहरी निरीक्षिक लोकेन्द्रसिहं गुरुले जानकारी दिनुभयो । कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्ट, सोहि वडाका वडा अध्यक्ष तेज बहादुर बिष्ट र प्रसासकिय अधिकृत खड्क बिष्टलगायतको टोली घटना स्थलको अनुगमन गरेको छ । अबिरल बर्षासँगै आएको चट्याङले धारीगाड लघुजलविधुत समेत अबरुद्व भएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया