ताजा अपडेट
कोरोना बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकमाथि दुर्व्यवहार हुनु अमानवीय
काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)का संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्यव्यवहार हुनु अमानवीय र अपारधिक भएको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ ।
मुलुकका विभिन्न भागमा कोरोना उपचारमा संलग्न चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण भएका समाचार प्रति ध्यानाकर्षण भएको भन्दै साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
'हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ । त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिइ बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो,' साझा पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान संकटकालीन अवस्थामा चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्न साझा पार्टीले आग्रह गरेको छ । नागरिकले आफ्नो कर्तव्य पूरा गरेमा कोरोनाविरुद्धको साझा लडाइँ सहज हुने उसको ठहर छ ।
स्वास्थ्यकर्मी र कोरोना संक्रमित व्यक्तिमाथि आक्रमण र दुर्व्यवहार गर्नेविरुद्ध कानुनी कारबाही गर्न साझाले सरकारसँग माग गरेको छ ।
काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी र कोरोना संक्रमितमाथि दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया