Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ३० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

सरकार त्यो मजदुरको पीडा कस्ले बुझ्ने हो ??

सरकार त्यो मजदुरको पीडा कस्ले बुझ्ने हो ??

चक्र खडायत 

बिहानै उठेर मजुरी गरेर खाने त्यो मजदुरको पिडा कस्ले बुझ्ने सरकार ?? चैत्र महिना देखि आज सम्म बन्द खुलेको छैन, घरमा त्यो मज्दुरको परिवार छ, सबै परिवार तेइ मान्छेमा निर्भर छन, काम गर्न जाने त कता जाने ?? कतै जाने ठाउँ छैन, त्यो मज्दुरको छोरा छोरिले बुझेको छैन मेरो बुवाको अचेल काम चलेको छैन भनेर, तिनिहरुको भोकले भन्दैन कि लकडाउन छ कर्फ्यु छ, पेटलाइ जसरी भए नि खाना चाहिन्छ, कति दिन सम्म त्यो मज्दुरले रिण निकालेर छोराछोरीलाई खुवाउने अब हरेक महिना कति माग्ने अरु सङ्ग रिण नि? काम चल्दैन अनि त्यो मज्दुरले तिर्छ कसरी ?? त्यो मज्दुरले ठिक छ पैसा त माग्छ तर कहिले सम्मको भाका दिन्छ त तिर्नलाइ ??? एक महिना दुई महिना ?? 6 महिना सकिन लागि सक्यो, अब त्यो मज्दुरले कतै मृत्युको बाटो रोज्ने त हैन ??

कहिलै फाट्ट फुट्ट काम पाए नि भने जस्तो पारिश्रमिक पाउदैन त जस्ता धेरै बेरोजगार छन गर्ने भए यतिमा गर नत्र ठिकै छ भन्ने जवाफ आउछ काम लगाउने बाट, अब के गर्छ त त्यो मज्दुरले ?? यस्को समाधान के त ?? कोरोना भन्दा खतरा त यो भोकमरी होला जस्तो छ, यो बारेमा सरकारले किन नसोचेको हो ?? यो लकडाउन मात्र विकल्प हो त ?? काम गर्न पाउने बाताबरण छैन, राहतको नामको सबै चिज ठुलाबडाहरुले नै बाडेर खाइसक्छन जहाँ पुग्नु पर्ने तेता अलि अलि मात्र पुगेको हुन्छ, 5 दिनको लागि खान पुग्ने गरि राहत बितरण गर्छन अनि 6 महिना सम्म लक्डाउन कर्फ्यु लगाइन्छ, यी निम्न बर्गिय मज्दुरको बारेमा सोच्ने कस्ले ?? अझै कति दिन सरकार ?? के यो देश ठुलाबडाको मात्र हो ?? सार्बजनिक यातायात बन्द अनि प्राइभेट गाडी चालू, के कोरोना private गाडी बाट सर्दैन ,? ठुलावडाले किन्न सक्ने ठाउँ ठुल ठुला सपिङ मलहरु खुला छन अनि निम्न बर्गिए जाने ठाउँ त्यो पसल किन बन्द ?? किन यो देश ती मज्दुरहरुको हैन र ?? तिनिहरुले रिण निकालेर किन्ने ठाउँ नि न पाउने ?? सरकार त्यो मज्दुरलाइ रिण निकाल्न त बाध्य बनएउ तर तेस्ले तिर्ने भाका कहिले सम्मको राख्नु पर्ने ?? अझै कति बन्द ?? अझै कति दिन ?? कति महिना ??

प्रतिक्रिया