Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुशान्तसिंह राजपुत प्रकरण : रिया चक्रवर्ती पक्राउ

सुशान्तसिंह राजपुत प्रकरण : रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुख्य अभियुक्त मानिएकी अभिनेत्री रिया चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले नियन्त्रणमा लिएको छ।

ड्रग्स सेवन तथा ओसारपसारमा उनको संलग्नता देखिएपछि एनसीबीले मंगलवार अपराह्न नियन्त्रणमा लिएको हो।

ड्रग्स प्रकरणमा नयाँ खुलासा, सुशान्तलाई दोष लगाउँदै रियाले स्वीकारिन् अभियोग

सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान ड्रग्स ओसारपसार तर्फ केन्द्रीत भएको छ। सुरुमा सीबीआईले आत्महत्या हो कि हत्या हो भन्ने विषयमा प्रेमिका रिया चक्रवर्तीमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा ड्रग्सको कनेक्सन देखिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पनि छानविन अगाडि बढाएको छ। ड्रग्स ओसारपसारमा संलग्नता देखिएपछि मुख्य अभियुक्त रियाका भाई शोविकलाई एनसीबीले नियन्त्रणमा लिइसकेको छ। रियासँग निरन्तर सोधपुछ जारी छ।

मंगलवारको सोधपुछमा रियाले आफूले पनि ड्रग्स लिँदै आएको स्वीकार गरेकी छन्। यसअघि उनका वकिलले रियाले कहिल्यै पनि ड्रग्स नलिएको र उनी रगत जाँच गराउन पनि तयार रहेको बताएका थिए। स्वयम् रियाले पनि एक अन्तर्वार्तामा आफूले कहिल्यै ड्रग्स सेवन नगरेको दावी गरेकी थिइन्। तर आज उनले वकिल र आफ्नो पूर्वदावी विपरित एनसीबीलाई आफूले सेवन गर्ने गरेको स्वीकार गरेकी हुन्।

रियाले आफूलाई सुशान्तले नै ड्रग्स लिन बाध्य पारेको पनि दावी गरेकी छन्। सुशान्तले ड्रग्स सेवन गर्न दबाब दिने गरेको र त्यसैकारण आफूले सेवन गरेको उनको दावी छ। आफूले गाँजाका साथै केही केमिकल्स पनि लिने गरेको रियाले वयान दिएकी छन्।

भारतीय मिडियाका अनुसार एनसीबीसँग रियाले आफैमा बाझिने गरी अगल अलग बयान दिइरहेकी छिन्। जसबाट उनी थप संकटमा पर्दै गएकी छन्।

रियाले सुशान्तको फिल्म सेटमा नै ड्रग्सको प्रयोग हुने गरेको बताउँदै सेवन गर्ने केही कलाकारको नाम समेत वयानमा भनेकी छन्।

प्रतिक्रिया