Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुशान्तसिंह राजपुत प्रकरण : रिया चक्रवर्ती पक्राउ

सुशान्तसिंह राजपुत प्रकरण : रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुख्य अभियुक्त मानिएकी अभिनेत्री रिया चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले नियन्त्रणमा लिएको छ।

ड्रग्स सेवन तथा ओसारपसारमा उनको संलग्नता देखिएपछि एनसीबीले मंगलवार अपराह्न नियन्त्रणमा लिएको हो।

ड्रग्स प्रकरणमा नयाँ खुलासा, सुशान्तलाई दोष लगाउँदै रियाले स्वीकारिन् अभियोग

सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान ड्रग्स ओसारपसार तर्फ केन्द्रीत भएको छ। सुरुमा सीबीआईले आत्महत्या हो कि हत्या हो भन्ने विषयमा प्रेमिका रिया चक्रवर्तीमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा ड्रग्सको कनेक्सन देखिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पनि छानविन अगाडि बढाएको छ। ड्रग्स ओसारपसारमा संलग्नता देखिएपछि मुख्य अभियुक्त रियाका भाई शोविकलाई एनसीबीले नियन्त्रणमा लिइसकेको छ। रियासँग निरन्तर सोधपुछ जारी छ।

मंगलवारको सोधपुछमा रियाले आफूले पनि ड्रग्स लिँदै आएको स्वीकार गरेकी छन्। यसअघि उनका वकिलले रियाले कहिल्यै पनि ड्रग्स नलिएको र उनी रगत जाँच गराउन पनि तयार रहेको बताएका थिए। स्वयम् रियाले पनि एक अन्तर्वार्तामा आफूले कहिल्यै ड्रग्स सेवन नगरेको दावी गरेकी थिइन्। तर आज उनले वकिल र आफ्नो पूर्वदावी विपरित एनसीबीलाई आफूले सेवन गर्ने गरेको स्वीकार गरेकी हुन्।

रियाले आफूलाई सुशान्तले नै ड्रग्स लिन बाध्य पारेको पनि दावी गरेकी छन्। सुशान्तले ड्रग्स सेवन गर्न दबाब दिने गरेको र त्यसैकारण आफूले सेवन गरेको उनको दावी छ। आफूले गाँजाका साथै केही केमिकल्स पनि लिने गरेको रियाले वयान दिएकी छन्।

भारतीय मिडियाका अनुसार एनसीबीसँग रियाले आफैमा बाझिने गरी अगल अलग बयान दिइरहेकी छिन्। जसबाट उनी थप संकटमा पर्दै गएकी छन्।

रियाले सुशान्तको फिल्म सेटमा नै ड्रग्सको प्रयोग हुने गरेको बताउँदै सेवन गर्ने केही कलाकारको नाम समेत वयानमा भनेकी छन्।

प्रतिक्रिया