Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या बलिउडमा शोकको लहर, सामाजिक सञ्जाल समवेदनाले भरियो

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या बलिउडमा शोकको लहर, सामाजिक सञ्जाल समवेदनाले भरियो

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्।

मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।३४ वर्षीय राजपुतले पछिल्लो समय सारा अली खानसँग 'केदारनाथ' र श्रद्धा कपुरसँग 'छिछोरे' फिल्ममा अभिनय गरेका थिए।

राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी उनको अपार्टमेन्ट पुगिसकेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको खबरले आफू स्तब्ध भएको बताएका छन्।

प्रधानमन्त्री मोदीले आइतबार अपराह्न ट्वीट गर्दै एक प्रतिभाशाली युवा अभिनेताले एकदमै चाँडो छोडेर गएको बताएका छन्।

उनले लेखेका छन्, ‘सुशान्तसिंह राजपुत… एक प्रतिभाशाली युवा अभिनेताले चाँडै छाडेर गए। उनी टिभी र चलचित्रमा उत्कृष्ट थिए। उनले मनोरञ्जनको संसारमा धेरैलाई प्रेरणा दिए र उनले धेरै यादगार क्षणहरु छाडेर गएका छन्। उनको निधनले स्तब्ध बनायो। उनको परिवार र फ्यानप्रति मेरो समवेदना। ओम शान्ति।’

सुशान्तले जुनको पहिलो हप्ता दिवंगत आमा र आफ्नो तस्विर ब्ल्याक एन्ड ह्वाइट बनाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए जसमा लेखिएको स्टाटसमा उनले आमाबारे उल्लेख गरेका थिए। स्टाटसको एक पंक्तिमा उनले लेखेका छन्- छोटो समयमै सकिने जीवन। 

पटनामा जन्मिएका सुशान्त  आमाको सन् २००२ मा मृत्यु भएपछि परिवारसहित मुम्बई स्थानान्तरण भएका थिए। इन्जिनियरिङमा स्नातक भर्ना भएर पनि उनी अभिनयको पछाडि लागेर त्यसलाई पुरा गर्न असफल भएका थिए।

सुशान्तको आत्महत्यापछि यतिबेला बलिउड शोकमा डुबेको छ। बलिउड कलाकार तथा क्रिकेटरहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

बलिउड अभिनेता सञ्जय दत्तले सुशान्तको आत्महत्याको खबरले आफू स्तब्ध भएको लेखका छन्। साथै उनले सामाजिक सञ्जालमार्फत सुशान्तको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

यस्तै बलिउड अभिनेता अक्षय कुमारले ट्वीट गरेर आफू निशब्द भएको उल्लेख गरेका छन्।

भारतीय क्रिकेटर सचिन तेन्दुल्करले ट्वीट गर्दै प्रतिभाशाली युवा सुशान्तको आत्महत्याको खबरबाट आफू दुःखी भएको बताएका छन्।

यस्तै बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सुशान्तको आत्महत्याबाट आफू स्तब्ध भएको बताएकी छन्।

यस्तै बलिउड अभिनेता विक्की कौशल, गायक तथा संगीतकार अदनान सामी, बलिउड अभिनेता अजय देवगन, शाहिद कपूर, रितेश देशमुख, अभिनेत्री सोनाक्षी सिन्हा लगायतका कलाकारहरुले सामाजिक सञ्जालमार्फत सुशान्तको आत्महत्याको खबरबाट स्तब्ध भएको बताएका छन्।

प्रतिक्रिया