Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

क्रिकेट खेलाडीलाई एकमुष्ट तलब

क्रिकेट खेलाडीलाई एकमुष्ट तलब

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले गत वर्षदेखि रोकिएको पारिश्रमिक बिहीबार पाएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै सम्झौता भएका खेलाडीको तलब वितरण गरेको जनाएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट रकम प्राप्त भएसँगै क्यानले खेलाडीको एक वर्षको एकमुष्ट तलब खेलाडीको खातामा जम्मा गरेको हो।  

वर्गीकरण सम्झौताभन्दा मासिक १० हजार बढी रकम पाएको समेत जनाइएको छ। क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गर्न आइसिसी सहमत भएको थियो।

क्यानले राष्ट्रिय टोलीका सदस्यलाई तीन श्रेणीमा विभाजन गरेको थियो। श्रेणीअनुसार तलब प्रदान गरेको हो। ‘ए’ श्रेणीका खेलाडीले ४५ हजार, ‘बी’ श्रेणीका खेलाडीले ३५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक २५ हजारको दरले तलब पाएका हुन्।  

‘ए’ श्रेणीका खेलाडीले एक वर्षको एकमुष्ट ५ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन्।

प्रतिक्रिया