Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्याजको मूल्य बढाउने आठ पसललाई १४ लाख ८० हजार जरिवाना

प्याजको मूल्य बढाउने आठ पसललाई १४ लाख ८० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले  विभिन्न स्थानका  आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा  चौध लाख ८० हजार राजश्व  समेत सङ्कलन  भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी  दिए ।  

बजारमा पछिल्लो समय प्याजको मूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । आज  मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र  व्यापारी विजेश गौतमलाई  ५५र५५ हजार जरिवाना गरिएको बताए ।

यसैगरी काठमाडौँ महानगरपालिका –१३ मा रहेको रञ्जन आलु प्याज भण्डार,  महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर रु दुई लाख ५० हजार , न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई रु दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रा लिलाई रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ । रासस

प्रतिक्रिया