Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्याजको मूल्य बढाउने आठ पसललाई १४ लाख ८० हजार जरिवाना

प्याजको मूल्य बढाउने आठ पसललाई १४ लाख ८० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले  विभिन्न स्थानका  आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा  चौध लाख ८० हजार राजश्व  समेत सङ्कलन  भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी  दिए ।  

बजारमा पछिल्लो समय प्याजको मूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । आज  मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र  व्यापारी विजेश गौतमलाई  ५५र५५ हजार जरिवाना गरिएको बताए ।

यसैगरी काठमाडौँ महानगरपालिका –१३ मा रहेको रञ्जन आलु प्याज भण्डार,  महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर रु दुई लाख ५० हजार , न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई रु दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रा लिलाई रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ । रासस

प्रतिक्रिया