Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

सुदूरपश्चिममा चार गुणा बढि भाडा असुली !

सुदूरपश्चिममा चार गुणा बढि भाडा असुली !

डोटीको पूर्वीचौकीका सन्देश ओली बिहिबार डडेल्धुराबाट धनगढी आउन भनी डडेल्धुरा बसपार्क पुगे। महाकाली यातायातको हाईसमा धनगढी आउन लागि कुरा हुँदा हाईसका चालकले एक हजार भाडा लाग्ने बताए। 

धनगढीबाट डडेल्धुराको सामन्य समयमा तीन सय २० रुपैँया भाडा भएकाले यातायात व्यवासायीले ५० प्रतिशत बढाएर पाँच सय भाडा लिनुपर्ने हो। तर एक हजार भाडा भनेपछि ओली डडेल्धुरामै रोकिएका छन्। 

उनले भने, ‘बिहान बसपार्कमा धनगढी आउनका लागि गएका थिए। हाईस थियो। धनगढीको भाडा कति हो दाई भनेर सोधे। उहाँले एक हजार भन्नु भयो। आठ सय दिन्छु भने, ९ सयमा जाने भए जाउ नत्र हुँदैन भन्नु भयो। म कोठा फर्किएको छु।’ 

सार्वजनिक यातायातले बढि भाडा लिएको गुनासो आएपछि डडेल्धुरामा स्थानीय प्रशासनले बिहिबार सर्वपक्षिय बैठकको आयोजना गरेको थियो। 

प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ डडेल्धुरा र ट्राफिक प्रहरीको सहभागितामा भएको बैठकले नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने निष्कर्ष निकाल्यो।

नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन नगरिए यातायात व्यवसायीलाई कारबाही गर्ने दावी स्थानीय प्रशासनको छ। 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले भने, ‘बढि भाडा लिएको फोन आएको थियो। सार्वजनिक यातायातको भाडाको बिषयमा बैठक समेत बोलाएका छौँ। उहाँहरुलाई बढी भाडा नलिन भनेका छाँै। बढि लिएको भेटिए कारबाही हुन्छ।’ 

यातायात व्यवसायीले भने यात्रुको संख्या न्युन भएकाले बढि भाडा लिएको दावी गरेका छन्। उनीहरुले धनगढीबाट पहाडी जिल्ला सम्म एक/दुई जना यात्रु मात्र लिएर समेत जानुपर्ने बाध्यता रहेको बताएका हुन्। 

यात्रुबाट उठाएको भाडाले गाडीमा डिजेल समेत भर्न सकिने अवस्था अहिले नभएको उनीहरुको गुनासो छ। यातायात व्यवसायी राष्ट्रिय महासंघ कैलालीका अध्यक्ष धिरज शाहीले बढी भाडा लिएको बारेमा कुनै जानकारी नआएको बताए। 

तर यात्रुको संख्या कम भएकाले व्यवसायीलाई केही भन्न पनि नसकिएको उनले बताए। ‘सरकारले सार्वजनिक बस सञ्चालन गर्ने भनेको छ। स्पष्ट जानकारी कुनै छैन्। 

क्षमताको आधा मात्र यात्रु राख्ने भनिएको छ। ५० प्रतिशत बढि भाडा लिन पाउँने भनिएको छ। तर धनगढीबाट एक/दुई जनालाई मात्र लिएर पहाड जानुपर्ने अवस्था छ। गाडीको डिजेल समेत हाल्न रकम असुल हुँदैन्।’ उनले भने। 

सार्वजनिक सवारी सञ्चालनका लागि नेपाल सरकारले नयाँ निर्णय गरेको छ। सार्वजनिक सवारीको सिट क्षमताको आधा यात्रु राख्ने, साविकको भाडा भन्दा बढीमा ५० प्रतिशत बढि भाडा लिन पाउँने, कोरोना भाईरसको संक्रमणबाट बाच्नका लागि आवश्यक स्वास्थ्य उपया अपनाउने लगायतको निर्णय गरिएको छ। 

सो निर्णय कार्यान्वयन भए/नभएको अनुगमन ट्राफिक प्रहरी र यातायात विभागलाई गर्न भनिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए। 

उनले ट्राफिक प्रहरीले सरकारको निर्णय कार्यान्वयन गराउँनुपर्ने बताएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले यातायात कार्यलयबाट पहाडी जिल्लाको भाडाको सूची माग गरिएको बताए।

सरकारले गरेको निर्णय कार्यान्वयन नगर्ने यातायात व्यवसायीलाई कारबाही गर्ने उनको दावी छ। कमल सावद दिनेश खबर

प्रतिक्रिया