Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दर्नामा युवा सूचना केन्द्रका पदाधिकारी र जनप्रतिनिधि बिच छलफल

दर्नामा युवा सूचना केन्द्रका पदाधिकारी र जनप्रतिनिधि बिच छलफल

असोज २ , अछाम
पञ्चदेवल अनुरा युवा सूचना केन्द्र र वडाका जनप्रतिनिधिसँगको सामुदायीक प्रविधि केन्द्र तथा प्रविधि औजारको प्रयोग सम्बन्धी दुइ दिने अभिमुखीकरण तालिम दर्नामा सम्पन्न भएको छ । क्यानडा सरकारको आर्थिक सहयोग, मालिका विकास संघ नेपालको आयोजना र पञ्चदेवल अनुरा युवा क्लवको समन्वयमा बिहिबारबाट तालीम संचालन भएको थियो ।तालिममा सुसाशन परियोजनाको बिषयगत क्षेत्र अन्तगत खुल्ला तथ्यांक, बजेट पादर्शिता, गुनासो सुनुवाइ, नागरिक प्रतिवेदन, नागरिक संलग्नता, नागरिक संलग्नताको हक, सुसाशनमा नागरिक संलग्नता र बान्निगढि जयगढ गाउँपालिकाको डाटा पोर्टलका बिषयमा छलफल भएको थियो ।

पञ्चदेवल अनुरा युवा क्लबका अध्यक्ष खेमराज ओझाको अध्यक्षतामा भएको अभिमुखीकरणमा प्रमुख आतिथि वडा अध्यक्ष कृष्ण बहादुर कडायत रहनुभएको थियो । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष कडायतले मालिका विकास संघले दर्नाका जनता र युवाको क्षेत्रमा पहिले देखिनै राम्रा कार्यहरु गर्दै आएको भन्दै प्रसंशा गर्नुभयो ।
आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्नका लागि अनुरोध गर्नुभएको थियो । पञ्चदेवल अनुरा युवा सूचना केन्द्रले दर्नामा हरेक सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले सूचना प्रवाह गर्ने कुरामा ठूलो भुमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै मालिका विकास संघका शुसासन परियोजना संयोजक रतन रावलले पञ्चदेवल अनुरा युवा सूचना केन्द्रले बान्नीगढीमा मात्रै नभई अछाम जिल्लामा सुचनाको क्षेत्रमा राम्रो काम गर्दै आएकोले सूचनाको क्षेत्रमा केहि सामग्री हस्तान्तरण भइसकेको र आगामि दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य हिमसरा रावल थापा, मालिका विकास संघ कार्यक्रम संयोजक रतन रावल, मालिका विकास संघ फिल्ड संयोजक कुल बहादुर साउदलगायत २५ जना जनप्रतिनिध र युवाहरुकोे सहभागीता रहेको थियो ।  कार्यक्रमको सहजिकरण मालिका विकास संघ सुसाशन परियोजना संयोजक रतन रावल र बान्निगढि जयगढ गाउँपालिकाका सूचना प्रविधि अधिकृत रिङ्कु कुमारले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव देबेन्द्र बहादुर थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया