Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कञ्चनपुरमा महिलामाथि कुटपिट गर्ने चालकलाई १५ दिन कैद, पीडितले क्षतीपूर्ति पाएन

कञ्चनपुरमा महिलामाथि बीच सडकमै कुटपिट गर्ने चालकलाई १५ दिनको कैद सजाय सुनाईएको छ।

२०७६ सालको जेठ १७ गते जिल्लाको भीमदत्त नगरपालिकाको ट्राफिक चोकमा धनगढीकी लक्ष्मी धनाडी (पेला) र अर्का यात्रु बैतडीका दिपेन्द्र चन्दमाथि कुटपिट गर्ने चालक गोकुल बोहोरालाई १५ दिनको कैद सजाय सुनाईएको हो।

कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको इजलासले १५ दिन कैद र पाँच हजार रुपैँया जरिवाना तोकेको हो। फैसला अनुसार चालक बोहोराले १४ दिन प्रहरी हिरासतमा बसिसकेको थिए भने एक दिनको कैद वापत तीन सय रुपैँया तिरेका थिए।

तर पीडित पक्षले भने क्षतीपूर्ती नपाएपछि उक्त फैसला विरुद्ध पुनरावेदनका लागि जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा निवेदन दिने जनाएका छन्।

चालकको कुटपिटबाट घाईते भएकी लक्ष्मी धनाडीले घाउ खर्च नपाउने तर छुट्याउने क्रममा समान्य चोटपटक लागेका आफूलाई घाउ खर्च वापत ६ सय १५ रुपैँया विपक्षीबाट भराउने फैसलाप्रती चित्त नबुझेकाले पुनरावेदनका लागि सरकारी वकिलको कार्यालयमा निवेदन दिने जाहेरवाला दिपेन्द्र चन्दले बताए।

यस्तै कुटपिटका क्रममा आफ्नो आधा तोला सुनको औठी हराएको भन्दै बिल पेश गरेको भएपनि फैसलामा बिलबारे केही बोलिरहनु परेन भन्ने उल्लेख गरेकाले त्रुटीपूर्ण फैसला गर्ने प्रजिअ विरुद्ध हेलो सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुचित कार्यको कसुरमा प्रजिअ विरुद्ध उजुरी दिने चन्दले जानकारी दिए।

गत वर्षको जेठमा से १ ज १०९४ नम्बरका वीङ्गर चालक गोकुल बोहोराले तोकिएको भन्दा बढि भाडा मागेपछि विवाद हुँदा दुवैजना माथि उनले कुटपिट गरेका थिए। 

प्रतिक्रिया