ताजा अपडेट
कञ्चनपुरमा महिलामाथि कुटपिट गर्ने चालकलाई १५ दिन कैद, पीडितले क्षतीपूर्ति पाएन
कञ्चनपुरमा महिलामाथि बीच सडकमै कुटपिट गर्ने चालकलाई १५ दिनको कैद सजाय सुनाईएको छ।
२०७६ सालको जेठ १७ गते जिल्लाको भीमदत्त नगरपालिकाको ट्राफिक चोकमा धनगढीकी लक्ष्मी धनाडी (पेला) र अर्का यात्रु बैतडीका दिपेन्द्र चन्दमाथि कुटपिट गर्ने चालक गोकुल बोहोरालाई १५ दिनको कैद सजाय सुनाईएको हो।
कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको इजलासले १५ दिन कैद र पाँच हजार रुपैँया जरिवाना तोकेको हो। फैसला अनुसार चालक बोहोराले १४ दिन प्रहरी हिरासतमा बसिसकेको थिए भने एक दिनको कैद वापत तीन सय रुपैँया तिरेका थिए।
तर पीडित पक्षले भने क्षतीपूर्ती नपाएपछि उक्त फैसला विरुद्ध पुनरावेदनका लागि जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा निवेदन दिने जनाएका छन्।
चालकको कुटपिटबाट घाईते भएकी लक्ष्मी धनाडीले घाउ खर्च नपाउने तर छुट्याउने क्रममा समान्य चोटपटक लागेका आफूलाई घाउ खर्च वापत ६ सय १५ रुपैँया विपक्षीबाट भराउने फैसलाप्रती चित्त नबुझेकाले पुनरावेदनका लागि सरकारी वकिलको कार्यालयमा निवेदन दिने जाहेरवाला दिपेन्द्र चन्दले बताए।
यस्तै कुटपिटका क्रममा आफ्नो आधा तोला सुनको औठी हराएको भन्दै बिल पेश गरेको भएपनि फैसलामा बिलबारे केही बोलिरहनु परेन भन्ने उल्लेख गरेकाले त्रुटीपूर्ण फैसला गर्ने प्रजिअ विरुद्ध हेलो सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुचित कार्यको कसुरमा प्रजिअ विरुद्ध उजुरी दिने चन्दले जानकारी दिए।
गत वर्षको जेठमा से १ ज १०९४ नम्बरका वीङ्गर चालक गोकुल बोहोराले तोकिएको भन्दा बढि भाडा मागेपछि विवाद हुँदा दुवैजना माथि उनले कुटपिट गरेका थिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया