Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

आईपीएल क्रिकेट : दोस्रो खेलमा दिल्ली र किङ्स इलाभेन भिड्दै, सन्दीपले खेल्ने सम्भावना कति ?

आईपीएल क्रिकेट : दोस्रो खेलमा दिल्ली र किङ्स इलाभेन भिड्दै, सन्दीपले खेल्ने सम्भावना कति ?

१३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सामना गर्दैछ। खेल साँझ ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुनेछ। 

यसअघि १२ औँ संस्करणमा क्वालिफायर खेलेको सन्दीपको टिम दिल्लीले तुलनात्मक रूपमा कमजोर किङ्सको सामना गर्न लागेको हो। अघिल्लो वर्ष दिल्लीले क्वालिफायरमा चेन्नई सुपर किङ्ससँग हार व्यहोरेको थियो।

दिल्लीले १४ खेलमध्ये ९ खेलमा जित हात पारेको थियो। त्यस्तै समान खेल खेलेको किङ्सले ६ खेल मात्र जितेको थियो। कोरोना महामारीका कारण मिति सर्दै आएको आईपीएल अन्ततः संयुक्त अरब इमिरेट्स (युएई) मा शनिबारबाट सुरु भएको हो। 

सन्दीप दिल्लीको प्लेइङ ११ मा पर्ने सम्भावना कति ?
दिल्लीको प्लेइङ ११ मा पर्न सन्दीपलाई कठिन हुने देखिएको छ। दिल्लीमा सन्दीपसँगै अन्य स्पीनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल रहेका कारण उनलाई प्लेइङ ११ मा पर्न मुश्किल रहेको भारतीय क्रिकेट पण्डितहरूले बताएका छन्।

नियमित लेग स्पीनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै दिल्लीले पछिल्लो समय टोलीमा बायाँ हाते अफ स्पिनर आश्विनलाई पनि भित्र्याउनु लामिछानेको लागि चुनौती बनेको ठानिएको छ। त्यस्तै राम्रो ब्याटिङ क्षमता भएका किङ्सका पूर्व कप्तान आश्विन दिल्लीको पहिलो रोजाइमा पर्नेछन्। साथै एकैपटक धेरै जना स्पीनरलाई कोचले राख्ने छैनन्। तर पिच स्पीनरमैत्री भएकाले धेरै जना स्पीनरलाई मैदान उतार्न सक्ने सम्भावना पनि रहेको छ।

लगातार तेस्रो पटक आईपीएल खेल्न लागेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर दुबई पुगेका हुन्। उनले सीपीएलमा प्रदर्शन गरेको आधारमा पनि प्लेइङ ११ मा पर्ने सम्भावना छ। उनले जमैका तल्लावाजबाट ११ खेल खेल्दा १२ विकेट लिए। उनको ५.२७ इकोनोमी रहेको छ। यसकारण उनलाई कोचले मैदान उतार्न सक्ने सम्भावना रहेको छ। 

पहिलो खेलमा चेन्नई विजयी
शनिबार सुरु भएको १३औँ संस्करणको आईपीएलमा चेन्नई सुपर किङ्सले विजय सुरुवात गरेको छ। गत वर्षको विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै चेन्नईले विजय सुरुवात गरेको हो।

अबुधाबीस्थित शेख जायद रंगशालमा भएको खेलमा चेन्नले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

चेन्नईले अम्बाती रयडुको आक्रामक ब्याटिङ र लुङ्गी निडीको धारिलो बलिङ मद्दतमा मुम्बईलाई पराजित गरेको हो। रयडुले टिमलाई जिताउन ७१ रन जोडे। त्यस्तै निडीले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए।

प्रतिक्रिया