Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आईपीएल क्रिकेट : दोस्रो खेलमा दिल्ली र किङ्स इलाभेन भिड्दै, सन्दीपले खेल्ने सम्भावना कति ?

आईपीएल क्रिकेट : दोस्रो खेलमा दिल्ली र किङ्स इलाभेन भिड्दै, सन्दीपले खेल्ने सम्भावना कति ?

१३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सामना गर्दैछ। खेल साँझ ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुनेछ। 

यसअघि १२ औँ संस्करणमा क्वालिफायर खेलेको सन्दीपको टिम दिल्लीले तुलनात्मक रूपमा कमजोर किङ्सको सामना गर्न लागेको हो। अघिल्लो वर्ष दिल्लीले क्वालिफायरमा चेन्नई सुपर किङ्ससँग हार व्यहोरेको थियो।

दिल्लीले १४ खेलमध्ये ९ खेलमा जित हात पारेको थियो। त्यस्तै समान खेल खेलेको किङ्सले ६ खेल मात्र जितेको थियो। कोरोना महामारीका कारण मिति सर्दै आएको आईपीएल अन्ततः संयुक्त अरब इमिरेट्स (युएई) मा शनिबारबाट सुरु भएको हो। 

सन्दीप दिल्लीको प्लेइङ ११ मा पर्ने सम्भावना कति ?
दिल्लीको प्लेइङ ११ मा पर्न सन्दीपलाई कठिन हुने देखिएको छ। दिल्लीमा सन्दीपसँगै अन्य स्पीनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल रहेका कारण उनलाई प्लेइङ ११ मा पर्न मुश्किल रहेको भारतीय क्रिकेट पण्डितहरूले बताएका छन्।

नियमित लेग स्पीनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै दिल्लीले पछिल्लो समय टोलीमा बायाँ हाते अफ स्पिनर आश्विनलाई पनि भित्र्याउनु लामिछानेको लागि चुनौती बनेको ठानिएको छ। त्यस्तै राम्रो ब्याटिङ क्षमता भएका किङ्सका पूर्व कप्तान आश्विन दिल्लीको पहिलो रोजाइमा पर्नेछन्। साथै एकैपटक धेरै जना स्पीनरलाई कोचले राख्ने छैनन्। तर पिच स्पीनरमैत्री भएकाले धेरै जना स्पीनरलाई मैदान उतार्न सक्ने सम्भावना पनि रहेको छ।

लगातार तेस्रो पटक आईपीएल खेल्न लागेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर दुबई पुगेका हुन्। उनले सीपीएलमा प्रदर्शन गरेको आधारमा पनि प्लेइङ ११ मा पर्ने सम्भावना छ। उनले जमैका तल्लावाजबाट ११ खेल खेल्दा १२ विकेट लिए। उनको ५.२७ इकोनोमी रहेको छ। यसकारण उनलाई कोचले मैदान उतार्न सक्ने सम्भावना रहेको छ। 

पहिलो खेलमा चेन्नई विजयी
शनिबार सुरु भएको १३औँ संस्करणको आईपीएलमा चेन्नई सुपर किङ्सले विजय सुरुवात गरेको छ। गत वर्षको विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै चेन्नईले विजय सुरुवात गरेको हो।

अबुधाबीस्थित शेख जायद रंगशालमा भएको खेलमा चेन्नले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

चेन्नईले अम्बाती रयडुको आक्रामक ब्याटिङ र लुङ्गी निडीको धारिलो बलिङ मद्दतमा मुम्बईलाई पराजित गरेको हो। रयडुले टिमलाई जिताउन ७१ रन जोडे। त्यस्तै निडीले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए।

प्रतिक्रिया