ताजा अपडेट
खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन खुल्ला
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ।
हरेक वर्ष मन्त्रालयले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्ने गरेको छ। आइतबार मन्त्रालयले विज्ञप्ति जारी गरि यो वर्षको पुरस्कारका लागि दर्खास्त आह्वान गरेको छ।
खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र प्रायोजकलाई प्रोत्साहन गर्नका लागि मन्त्रालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।
शुक्रबार निर्णय भएपनि मन्त्रालयले आज आफ्नो फेसबुक पेजमार्फत जारी गर्दै २१ दिनभित्र आवेदन पेश गर्न भनेको छ।
यो पुरस्कारबाट हरेक वर्ष नेपाली खेलकुदमा योगदान गरेका १० जनालाई मन्त्रालयले सम्मान गर्दै आएको छ।
राष्ट्रिय प्रतिभा पुरस्कार कार्यविधि २०६८ को अनुससचि २ र ३ को ढाँचा अनुसार निवेदन दिन चाहनेहरुले आवेदन पेश गर्न मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ।
मन्त्रालयले आवेदन आफ्नो जिमेल आईडीमा पठाउन आग्रह गरेको छ। यसअघि यश पुरस्कारबाट सम्मानत भएका व्यक्तिलाई भने सहभागी गराइने छैन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया