Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आईपीएल : सुपर ओभरमा रबाडा चम्कँदा दिल्लीले पञ्जाबलाई हरायो

आईपीएल : सुपर ओभरमा रबाडा चम्कँदा दिल्लीले पञ्जाबलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा सुरुमा ब्याटिङ गरेका थिए । तर दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराए । पहिलो बलमा रबाडाले २ रन दिए पनि त्यसपछि लगातार २ बलमा २ विकेट लिए ।

दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गर्‍यो । कप्तान श्रेयस अयेर र विकेटकिपर ऋषभ पन्तले दिल्लीका लागि सुपर ओभरमा ब्याटिङ गरेका थिए ।

त्यसअघि मार्कुस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ५३ रन बनाएपछि दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । अन्तिम ओभरमा मात्रै २५ रन बनाएका स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गर्दै २० बलमा अर्धशतक पूरा गरेका थिए । यस्तै कप्तान श्रेयस अयेरले ३९ र ऋषभ पन्तले ३१ रन बनाएका थिए ।

पञ्जावका मोहम्मद शामीले ३ तथा शेल्डन कट्रेलले २ विकेट लिए ।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले खराब सुरुवात गरेपनि ओपनर मायांक अग्रवालले एक छेउबाट उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए । तर अन्तिम ओभरमा दिल्लीका स्टोयनिसले उनै अग्रवाल र क्रिस जोर्डनको विकेट लिएपछि पञ्जाब जित नजिक पुगेर पनि चुकेको थियो । अग्रवालले ६० बल खेल्दै ७ चौका र ४ छक्का मद्दतमा ८९ रन बनाए पनि पञ्जाबलाई जिताउन सकेनन् ।

स्टोयनिसले गरे चमत्कार

पञ्जावलाई जितका लागि अन्तिम ओभरमा १३ रन चाहिएको थियो । अग्रवालले स्टोइनिसलाई पहिलो बलमा छक्का प्रहार गरे । अर्को बलमा २ रन लिए । पञ्जाबलाई अब जितका लागि ४ बलमा ५ रन आवश्यक थियो । अग्रवालले अर्को बलमा चौका हानेपछि स्कोर टाई भयो र पञ्जाब जितको निकै नजिक पुग्‍यो । तर त्यसपछिको ३ बलमा स्टोयनिसले चमत्कार नै गरे । चौथो बल डट फाले । पाँचौ बलमा अग्रवाललाई अक्सर पटेलको हातबाट क्याचआउट गराए भने छैटौं बलमा क्रिस जोर्डनलाई शिमरोन हेतमायरको हातबाट क्याचआउट गराए । पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो र खेल सुपर ओभरमा पुगेको थियो ।

दिल्लीका लागि रबाडा स्टोइनिस र रविचन्द्रन आश्विनले २-२ विकेट लिए । स्टोयनिस खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया