Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आईपीएल : राजस्थानको आक्रामक सुरुआत

आईपीएल : राजस्थानको आक्रामक सुरुआत

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको छ । सन् २००८ मा आयोजित पहिलो संस्करणको विजेता राजस्थानले यस संस्करणको आफ्नो पहिलो खेलमा २ सय १६ रनको विशाल स्कोर बनाउँदै खेल जितेको हो । 

चेन्नईले ६ विकेट गुमाई २ सय रनमात्र बनाउन सक्यो । कप्तान महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा टम कुरानलाई लगातार तीन छक्का प्रहार गरे पनि चेन्नईलाई दोस्रो खेलमा भने जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले लगातार दोस्रो अर्धशतक बनाउनेक्रममा ३७ बलमा ७२ रन जोडे पनि चेन्नईलाई राजस्थानको स्कोर निकै ठूलो भएको थियो ।

डु प्लेसिसले १ चौका र ७ छक्का प्रहार गरे । मुरली विजय २१, शेन वाटसन ३३, साम कुरान १७ र केदार जादब २२ रनमा आउट भए । धोनी १७ बलमा २९ रन बनाई अविजित रहे । राजस्थानका स्पिनर राहुल टेवाटिआले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै जोफ्रा आर्चर, श्रेयस गोपाल र टम कुरानले १–१ विकेट लिए । 

यसअघि शारजहाँ क्रिकेट रंगशालामा सन्जु सामसन र कप्तान स्टिभ स्मिथको सानदार अर्धशतकमा राजस्थान रोयल्सले ७ विकेट गुमाई २ सय १६ रनको विशाल स्कोर बनाएको थियो । टस हारेपछि ब्याटिङमा बोलाइएको राजस्थानबाट ओपनर स्मिथले ६९ र सामसनले ७४ रन बनाए ।

यी दुईले दोस्रो विकेटमा १० ओभरभित्र १ सय २१ रन जोडेका थिए । सामसनले ३२ बल खेल्दै १ चौका र ९ छक्कासहित ७४ रन बनाए । १९ औं ओभरमा आउट भएका स्मिथले ४७ बलको इनिङ्समा समान ४ चौका र छक्का प्रहार गरे । जोफ्रा आर्चर ८ बलमा २७ रन बनाई अविजित रहे । उनले लुङ्गी एनगिडीलाई इनिङ्सको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरेका थिए, त्यसमा लगातार दुई नो–बल पनि रहेको थियो ।

चेन्नईका साम कुरानले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । उनका दाइ टम कुरानले राजस्थानबाट ९ बलमा अविजित १० रन बनाएका थिए । पीयूष चावला र दीपक चाहरले समान एक विकेट लिए ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया