Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमका ९ खेलाडी क्यानको वर्गिकरणमा, कसले कति पाउनेछन् तलब ?

सुदूरपश्चिमका ९ खेलाडी क्यानको वर्गिकरणमा, कसले कति पाउनेछन् तलब ?

सुदूरपश्चिम प्रदेशका ९ जना खेलाडी नेपाल क्रिकेट संघ(क्यान)ले सन् २०२० को लागि गरेको नयाँ केन्द्रिय सम्झौताको वर्गिकरणमा  परेका छन्।

चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले गरेको वर्गिकरणमा देशरभरीका १८ पुरुष र १९ महिला गरी ३९ खेलाडीलाइ वर्गिकरणमा राखेको हो। उनीहरुलाई क्रिकेट संघले मासिक तलब दिने छ।

क्यानले पुरुषतर्फ ग्रेड ‘ए’ मा देशभरिका ८ जना, ‘बी’ मा ४ र ‘सी’ मा ६ जना खेलाडीलाई राखेको छ। भने महिलातर्फ ग्रेड ‘ए’ मा ५, ‘बी’ मा ८ र ‘सी’ मा ६ खेलाडीलाई छनौट गरेको छ। त्यसमध्ये विभिन्न ग्रेडमा गरि सुदूरपश्चिमका पुरुषतर्फ ३ र महिलातर्फ ६ जना खेलाडी परेका हुन्।

ग्रेड ‘ए’ मा कञ्चनपुरका दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी परेका छन्। बैतडीका कमलसिंह ऐरी ग्रेड ‘सी’ मा परेका छन्। दीपेन्द्र र विनोदले क्यानबाट मासिक ५० हजार रुपैया पारिश्रमिक पाउनेछन्। भने  कमलले ३० हजार रुपैया पारिश्रमिक पाउने छन्। 

यसैगरी महिलातर्फ पनि सुदूरपश्चिमका ६ खेलाडी वर्गिकरणमा परेका छन्। महिलातर्फ ग्रेड ‘ए’ मा भने सुदूरपश्चिमबाट कोही पनि परेका छैनन्। ग्रेड ‘बी’ मा कञ्चनपुरकी बिन्दु रावल र कविता जोशी तथा बैतडीकी रितु कनौजिया परेकी छन्। यसैगरी ग्रेड ‘सी’ मा कैलालीकी कविता कुँवर, सोनु खड्का, कञ्चनपुरकी डोली भट्ट र बैतडीकी अञ्जली चन्द परेकी छन्। ग्रेड ‘बी’ मा परेका रावल, जोशी र कनौजियाले क्यानबाट मासिक १५ हजार पारिश्रमिक पाउनेछन्। ग्रेड ‘सी’ मा पर्ने कुँवर, खडका, भट्ट र चन्दले मासिक १२ हजार पारिश्रमिक पाउनेछन्।

क्यानले तोकेको पारिश्रमिक खेलाडीहरुले सन् २०२० जनवरीदेखि नै पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। 

प्रतिक्रिया

ट्रेन्डिङ