Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिमका ९ खेलाडी क्यानको वर्गिकरणमा, कसले कति पाउनेछन् तलब ?

सुदूरपश्चिमका ९ खेलाडी क्यानको वर्गिकरणमा, कसले कति पाउनेछन् तलब ?

सुदूरपश्चिम प्रदेशका ९ जना खेलाडी नेपाल क्रिकेट संघ(क्यान)ले सन् २०२० को लागि गरेको नयाँ केन्द्रिय सम्झौताको वर्गिकरणमा  परेका छन्।

चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले गरेको वर्गिकरणमा देशरभरीका १८ पुरुष र १९ महिला गरी ३९ खेलाडीलाइ वर्गिकरणमा राखेको हो। उनीहरुलाई क्रिकेट संघले मासिक तलब दिने छ।

क्यानले पुरुषतर्फ ग्रेड ‘ए’ मा देशभरिका ८ जना, ‘बी’ मा ४ र ‘सी’ मा ६ जना खेलाडीलाई राखेको छ। भने महिलातर्फ ग्रेड ‘ए’ मा ५, ‘बी’ मा ८ र ‘सी’ मा ६ खेलाडीलाई छनौट गरेको छ। त्यसमध्ये विभिन्न ग्रेडमा गरि सुदूरपश्चिमका पुरुषतर्फ ३ र महिलातर्फ ६ जना खेलाडी परेका हुन्।

ग्रेड ‘ए’ मा कञ्चनपुरका दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी परेका छन्। बैतडीका कमलसिंह ऐरी ग्रेड ‘सी’ मा परेका छन्। दीपेन्द्र र विनोदले क्यानबाट मासिक ५० हजार रुपैया पारिश्रमिक पाउनेछन्। भने  कमलले ३० हजार रुपैया पारिश्रमिक पाउने छन्। 

यसैगरी महिलातर्फ पनि सुदूरपश्चिमका ६ खेलाडी वर्गिकरणमा परेका छन्। महिलातर्फ ग्रेड ‘ए’ मा भने सुदूरपश्चिमबाट कोही पनि परेका छैनन्। ग्रेड ‘बी’ मा कञ्चनपुरकी बिन्दु रावल र कविता जोशी तथा बैतडीकी रितु कनौजिया परेकी छन्। यसैगरी ग्रेड ‘सी’ मा कैलालीकी कविता कुँवर, सोनु खड्का, कञ्चनपुरकी डोली भट्ट र बैतडीकी अञ्जली चन्द परेकी छन्। ग्रेड ‘बी’ मा परेका रावल, जोशी र कनौजियाले क्यानबाट मासिक १५ हजार पारिश्रमिक पाउनेछन्। ग्रेड ‘सी’ मा पर्ने कुँवर, खडका, भट्ट र चन्दले मासिक १२ हजार पारिश्रमिक पाउनेछन्।

क्यानले तोकेको पारिश्रमिक खेलाडीहरुले सन् २०२० जनवरीदेखि नै पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। 

प्रतिक्रिया