Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनी ७४ वर्षका थिए । अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।

‘मैने प्यार किया’, ‘साजन’, ‘हम आपके हैं कोन’ लगायतका सलमान खानका चलचित्रमा बालासुब्रमण्यमले नै आवाज लिएका थिए । केही वर्ष पहिले आएको ‘चेन्नई एक्सप्रेस’ को टाइटल गीत पनि उनले नै गाएका थिए । ‘हम आपके हैं कोन’ को 'दिदी तेरा देवर दिवाना' बालासुब्रमण्यमले गाएको निकै लोकप्रिय गीत मानिन्छ ।

सन् १९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीत गाएका छन् ।

हिन्दी सिनेमामा भने उनले सन् १९८१ मा ‘एक दूजे के लिए’ चलचित्रका लागि पहिलो पटक गीत गाएका थिए । गीत थियो, ‘तेरे मेरे बीच में कैसा है ये बन्धन अन्जाना’ ।जुन चलचित्रले अभिनेता कमल हसनलाई नेसनल अवार्ड जिताएको थियो । ‘सागर’ चलचित्रको ‘सच मेरे यार है’ तथा ‘ओ मारिया’, ‘मैने प्यार किया’ को ‘दिल दिवाना’, ‘रोजा’ को ‘रोजा जानेमन’ लगायतका सदाबहार गीत बालासुब्रमण्यमका लोकप्रिय गीत हुन् ।

प्रतिक्रिया