Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बयान दिँदा भावुक बनेकी दिपिकालाई एनसीबीले भन्यो, 'इमोस्नल कार्ड' नखेल्नुस्

बयान दिँदा भावुक बनेकी दिपिकालाई एनसीबीले भन्यो, 'इमोस्नल कार्ड' नखेल्नुस्

भारतको लागू औषध नियन्त्रण ब्युरो (एनसीबी)ले अभिनेत्री दिपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लागूऔषध मामिलामा सोधपुछ गरेको छ ।  बलिउड उद्योगका सदस्यको लागूऔषध सम्बन्धमा उनीहरुसँग एनसीबीले सोधपुछ गरेको हो । एनसीबीको अनुसन्धान सुरुवातमा अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि भएको थियो । त्यसै क्रममा लागूऔषध कारोबारमा उनकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरियो । शुक्रबार अभिनेत्री रकुलप्रित सिंह, जया शाह र करिश्मा प्रकाशसँग एनसीबीले सोधपुछ गरेको थियो ।

धर्मा प्रोडक्सनको पूर्व कर्मचारी क्षितिज रवि प्रकाशलाई पनि एनसीबीले शुक्रबार सोधपुछपछि पक्राउ गरेको थियो । शनिबार उनलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

धर्मा प्रोडक्सनका प्रमुख, निर्माता एवं निर्देशक करण जोहरले क्षितिज र अनुभव चोपडासँग कुनै सम्बन्ध नभएको बयान सार्वजनिक गरेका छन् । अनुभवलाई पनि यो मुद्दामा सोधपुछ गरिएको छ । क्षितिज दिल्लीमा हुँदा एनसीबीले उनको घरबाट मेरुवानाको केहि मात्रा बरामद गरेको थियो ।

करणको बयानपछि एनसीबीले यो अनुसन्धान सन् २०१९ को पार्टीलाई लिएर नभएको उल्लेख पनि गरेका छन् । शनिबार एनसीबीले करिश्मा, जया, रकुल र फेसन डिजाइनर सिमोन खम्बाटाको मोबाइल जफत गरेको छ ।

अभिनेत्री पादुकोण बयान दिने क्रममा तीनपटक भावुक भइन् । त्यसपछि एनसीबीले उनलाई 'इमोस्नल कार्ड' नखेल्न अनुरोध गरेको इन्डिया टूडेमा समाचार उल्लेख छ । यसअघि एक ह्वाट्सएप ग्रुपमा लागूऔषधको प्रयोगबारे संवादमा दिपिकाको पनि मेसेज गरेको कुरा सार्वजनिक भएको थियो ।

एनसीबीको बयानमा ह्वाटसाप च्याट गरेको स्विकारे पनि लागूऔषध उपभोग र कारोबार आफूले नगरेको बताइन् । दिपिकालाई पाँच घण्टा सोधपुछ गरिएको थियो । सुशान्तसिंह राजपुतको मृत्युबारे भने उनलाई केही प्रश्‍न सोधिएन ।

अभिनेत्री श्रद्धाले पनि एनसीबीको अगाडि लागूऔषध उपभोग नगर्ने बयान दिइन् । ६ घण्टाको सोधपुछपछि उनी घर फर्किएकी थिइन् । साराअलीले आफूले चुरोट सेवन गरे पनि लागूऔषध उपभोग नगर्ने बताइन् । 'केदारनाथ'को छायांकनको समयमा सुशान्तसँग नजिक भएको पनि बताइन् । एनसीबी र ड्रग्स मामिलाको कुनै पनि समाचार सम्प्रेषण र प्रशारण नगर्न रकुलले दिल्ली उच्च अदालतमा निवेदन दिएकी छिन् ।

प्रतिक्रिया