Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बयान दिँदा भावुक बनेकी दिपिकालाई एनसीबीले भन्यो, 'इमोस्नल कार्ड' नखेल्नुस्

बयान दिँदा भावुक बनेकी दिपिकालाई एनसीबीले भन्यो, 'इमोस्नल कार्ड' नखेल्नुस्

भारतको लागू औषध नियन्त्रण ब्युरो (एनसीबी)ले अभिनेत्री दिपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लागूऔषध मामिलामा सोधपुछ गरेको छ ।  बलिउड उद्योगका सदस्यको लागूऔषध सम्बन्धमा उनीहरुसँग एनसीबीले सोधपुछ गरेको हो । एनसीबीको अनुसन्धान सुरुवातमा अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि भएको थियो । त्यसै क्रममा लागूऔषध कारोबारमा उनकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरियो । शुक्रबार अभिनेत्री रकुलप्रित सिंह, जया शाह र करिश्मा प्रकाशसँग एनसीबीले सोधपुछ गरेको थियो ।

धर्मा प्रोडक्सनको पूर्व कर्मचारी क्षितिज रवि प्रकाशलाई पनि एनसीबीले शुक्रबार सोधपुछपछि पक्राउ गरेको थियो । शनिबार उनलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

धर्मा प्रोडक्सनका प्रमुख, निर्माता एवं निर्देशक करण जोहरले क्षितिज र अनुभव चोपडासँग कुनै सम्बन्ध नभएको बयान सार्वजनिक गरेका छन् । अनुभवलाई पनि यो मुद्दामा सोधपुछ गरिएको छ । क्षितिज दिल्लीमा हुँदा एनसीबीले उनको घरबाट मेरुवानाको केहि मात्रा बरामद गरेको थियो ।

करणको बयानपछि एनसीबीले यो अनुसन्धान सन् २०१९ को पार्टीलाई लिएर नभएको उल्लेख पनि गरेका छन् । शनिबार एनसीबीले करिश्मा, जया, रकुल र फेसन डिजाइनर सिमोन खम्बाटाको मोबाइल जफत गरेको छ ।

अभिनेत्री पादुकोण बयान दिने क्रममा तीनपटक भावुक भइन् । त्यसपछि एनसीबीले उनलाई 'इमोस्नल कार्ड' नखेल्न अनुरोध गरेको इन्डिया टूडेमा समाचार उल्लेख छ । यसअघि एक ह्वाट्सएप ग्रुपमा लागूऔषधको प्रयोगबारे संवादमा दिपिकाको पनि मेसेज गरेको कुरा सार्वजनिक भएको थियो ।

एनसीबीको बयानमा ह्वाटसाप च्याट गरेको स्विकारे पनि लागूऔषध उपभोग र कारोबार आफूले नगरेको बताइन् । दिपिकालाई पाँच घण्टा सोधपुछ गरिएको थियो । सुशान्तसिंह राजपुतको मृत्युबारे भने उनलाई केही प्रश्‍न सोधिएन ।

अभिनेत्री श्रद्धाले पनि एनसीबीको अगाडि लागूऔषध उपभोग नगर्ने बयान दिइन् । ६ घण्टाको सोधपुछपछि उनी घर फर्किएकी थिइन् । साराअलीले आफूले चुरोट सेवन गरे पनि लागूऔषध उपभोग नगर्ने बताइन् । 'केदारनाथ'को छायांकनको समयमा सुशान्तसँग नजिक भएको पनि बताइन् । एनसीबी र ड्रग्स मामिलाको कुनै पनि समाचार सम्प्रेषण र प्रशारण नगर्न रकुलले दिल्ली उच्च अदालतमा निवेदन दिएकी छिन् ।

प्रतिक्रिया