Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिमका ६१०१ जनाले जिते कोरोना

सुदूरपश्चिमका ६१०१ जनाले जिते कोरोना

सुदूरपश्चिम प्रदेशमा थप ८२ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामका ४५, डोटीका तीन, कैलालीका दुई र कञ्चनपुरका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

उनका अनुसार विभिन्न मितिमा डिस्चार्ज गरिएका कैलालीका ३१ जनालाई पनि हिजोको रिपोर्टमा अपडेट गरिएको छ। 

योसंगै प्रदेशमा ६ हजार एक सय एक संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ६८ जना निको भएर घर फर्किएका छन्।

यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ५० र कञ्चनपुरका सात सय ४२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय २२, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ भने स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयका अनुसार सात हजार एक सय १८ पुगेको छ। 

निर्देशनालय र सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशको प्रयोगशाला र प्रदेश बाहिरका विभिन्न प्रयोगशालामा कोरोना पुष्टि भएका झण्डै दुई यस जनालाई आफ्नो रिपोर्टमा उल्लेख गरेको छैन्। सुदूरपश्चिममा संक्रमित मृतकको संख्या २१ पुगेको छ। 

प्रतिक्रिया