Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुपरओभरमा मुम्बईलाई पराजित गर्दै बैंगलोरको रोमाञ्चक जित

सुपरओभरमा मुम्बईलाई पराजित गर्दै बैंगलोरको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा दोश्रो जित निकाल्ने क्रममा बैंगलोरले साबिक बिजेता मुम्बई इन्डियनलाई सुपर ओभरमा पराजित गरेको हो ।

सोमबार राति दुबईमा भएको खेलमा बैंगलोरले दिएको २०२ को लक्ष पछ्याएको मुम्बईले निर्धारित ३० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन मात्र जोड्न सक्यो । रन बराबरी भएपछि खेल सुपरओभरमा गएको थियो । मुम्बईका लागि इशान किशनले ९९ रन जोडेभने किरन पोलार्डले ६० रन तथा हार्दिक पान्डे र क्विन्टर डिककले समान १४/१४ रन बनाए ।

बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरे निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए ।

शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

खेल सुपर ओभरमा गएपछि पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा किरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरे । पाँचौ बलमा भने उनी क्याचआउट हुन पुगे । अन्तिम बलमा हार्दिकले १ रन लिए ।

जवाफमा मुम्बईका जसप्रित बुमराहविरुद्ध बैंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आएका थिए । पहिलो बलमा एबीले एक रन जोडे । दोस्रो बलमा कोहलीले पनि १ रन लिए । तेस्राे बलमा रन हुन सकेन । चौथो बलमा डी भिलियर्सले चौका प्रहार गरे । पाँचौ बलमा १ रन लिएपछि कोहलीले अन्तिम बलमा चौका प्रहार गर्दै ब‌ैंगलोरलाई जित दिलाए ।

प्रतिक्रिया