Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुपरओभरमा मुम्बईलाई पराजित गर्दै बैंगलोरको रोमाञ्चक जित

सुपरओभरमा मुम्बईलाई पराजित गर्दै बैंगलोरको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा दोश्रो जित निकाल्ने क्रममा बैंगलोरले साबिक बिजेता मुम्बई इन्डियनलाई सुपर ओभरमा पराजित गरेको हो ।

सोमबार राति दुबईमा भएको खेलमा बैंगलोरले दिएको २०२ को लक्ष पछ्याएको मुम्बईले निर्धारित ३० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन मात्र जोड्न सक्यो । रन बराबरी भएपछि खेल सुपरओभरमा गएको थियो । मुम्बईका लागि इशान किशनले ९९ रन जोडेभने किरन पोलार्डले ६० रन तथा हार्दिक पान्डे र क्विन्टर डिककले समान १४/१४ रन बनाए ।

बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरे निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए ।

शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

खेल सुपर ओभरमा गएपछि पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा किरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरे । पाँचौ बलमा भने उनी क्याचआउट हुन पुगे । अन्तिम बलमा हार्दिकले १ रन लिए ।

जवाफमा मुम्बईका जसप्रित बुमराहविरुद्ध बैंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आएका थिए । पहिलो बलमा एबीले एक रन जोडे । दोस्रो बलमा कोहलीले पनि १ रन लिए । तेस्राे बलमा रन हुन सकेन । चौथो बलमा डी भिलियर्सले चौका प्रहार गरे । पाँचौ बलमा १ रन लिएपछि कोहलीले अन्तिम बलमा चौका प्रहार गर्दै ब‌ैंगलोरलाई जित दिलाए ।

प्रतिक्रिया

ट्रेन्डिङ