Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कोहलीको ब्याटिङ चल्यो, शीर्ष स्थानमा पुग्यो बैंगलोर

कोहलीको ब्याटिङ चल्यो, शीर्ष स्थानमा पुग्यो बैंगलोर

कप्तान विराट कोहलीको ब्याटिङ चलेसँगै रोयल च्यालेन्जर्स बैंगलोर युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । तीन खेलसम्म सबैभन्दा महंगा कोहलीको ब्याटिङ नचलेर आलोचना भइरहँदा अबुधाबीमा शनिबार भएको खेलमा सर्वाधिक रन बनाएसँगै बैंगलोर शीर्ष स्थानमा पुगेको हो । 

राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९.१ ओभरमा पूरा गर्यो । 

बैंगलोरको जितमा कप्तान कोहलीले ५३ बलमा ७ चौका र ६ छक्का  सहित ७२ रनको नटआउट इनिङ्स खेले । कोहलीले यस खेलसँगै आईपीएलमा आफ्नो ५ हजार ५ सय रनसमेत पूरा गरेका छन् । यस्तै देवदुत पड्डीकलले ६२ रन बनाए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो ।महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । म्यान अफ द म्याच बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । जितसँगै बैंगलोर ४ खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

राजस्थानको ४ खेलमा ४ अंक भएको छ । आईपीएलको पहिलो संस्करणको विजेता राजस्थानले सुरुआती दुई खेल जितेर लिगको उपाधि जित्ने ताल ल्याएको थियो । तर त्यसपछि लगातार दुई खेल हारेसँगै राजस्थानले अझै मेहनत गर्नुपर्ने देखिएको छ । 

प्रतिक्रिया