ताजा अपडेट
कोहलीको ब्याटिङ चल्यो, शीर्ष स्थानमा पुग्यो बैंगलोर
कप्तान विराट कोहलीको ब्याटिङ चलेसँगै रोयल च्यालेन्जर्स बैंगलोर युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । तीन खेलसम्म सबैभन्दा महंगा कोहलीको ब्याटिङ नचलेर आलोचना भइरहँदा अबुधाबीमा शनिबार भएको खेलमा सर्वाधिक रन बनाएसँगै बैंगलोर शीर्ष स्थानमा पुगेको हो ।
राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९.१ ओभरमा पूरा गर्यो ।
बैंगलोरको जितमा कप्तान कोहलीले ५३ बलमा ७ चौका र ६ छक्का सहित ७२ रनको नटआउट इनिङ्स खेले । कोहलीले यस खेलसँगै आईपीएलमा आफ्नो ५ हजार ५ सय रनसमेत पूरा गरेका छन् । यस्तै देवदुत पड्डीकलले ६२ रन बनाए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो ।महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । म्यान अफ द म्याच बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । जितसँगै बैंगलोर ४ खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
राजस्थानको ४ खेलमा ४ अंक भएको छ । आईपीएलको पहिलो संस्करणको विजेता राजस्थानले सुरुआती दुई खेल जितेर लिगको उपाधि जित्ने ताल ल्याएको थियो । तर त्यसपछि लगातार दुई खेल हारेसँगै राजस्थानले अझै मेहनत गर्नुपर्ने देखिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया