Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अवार्ड फिर्ता गर्ने मागमा कंगनाको जवाफ-राम भक्त हुँ, प्राण जोओस् तर वचन खेर जाँदैन

अवार्ड फिर्ता गर्ने मागमा कंगनाको जवाफ-राम भक्त हुँ, प्राण जोओस् तर वचन खेर जाँदैन

अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण आत्महत्या भएको पुष्टि गरी एम्सले हालै अन्तिम रिपोर्ट सार्वजनिक गरेको छ । सीबीआईले पनि यसअघि नै सुशान्तको मृत्युको कारण आत्महत्या नै भएको पुष्टि गरिसकेको छ । 

एम्सको यही रिपोर्ट सार्वजनिक भएसँगै ट्‍‌विटरमा कंगनालाई अवार्ड फिर्ता गर्न भन्दै ट्रोल गरिएको छ । यस्तै अभिनेत्री स्वरा भास्करले पनि ट्‌विट गर्दै यसबारे बोलेकी छिन् । स्वराले भनेकी थिइन्, “कोही व्यक्ति अब आफ्नो अवार्ड फिर्ता गर्छन् ?” यसका साथै ट्‌विरमा ह्यासट्याग कंगनाअवार्डवापसकरो भन्‍ने अभियान सुरु भएको छ । 

भिनेता सुशान्तको मृत्यु, आत्महत्या नभई हत्या भएको र यदि आफ्नो कुरा गलत पुष्टि भए आफूले पाएको ’पद्मश्री’ अवार्ड फिर्ता दिने कंगनाले बताएकी थिइन् । कंगनाको यही अभिव्यक्तिका कारण अहिले उनी ट्रोलमा तानिएका हुन् ।

यसबीच कंगनाले आफ्नो जवाफ फर्काएकी छिन् । कंगनाले आफूले उक्त अभिव्यक्ति भएको अन्तर्वार्ताको भिडियो ट्‌विटरमा सेयर गर्दै लेखेकी छिन्, “यो हो मेरो अन्तर्वार्ता यदि स्मृति कमजोर छ भने फेरि हेर्नुहोस्, यदि मैले एउटा पनि झुटो वा गलत आरोप लगाएको छु भने म आफ्नो सबै अवार्ड फिर्ता गर्नेछु, यो एक क्षत्रीयको वचन हो, म रामको भक्त हुँ, प्राण जाओस् तर वचन जाँदैन, जय श्री राम ।” यसो लेख्दै उनले ह्यासट्याग कंगनाअवार्डवापसकर अभियानलाई ट्याग गरेकी छिन् । -नवभारत टाइम्स

प्रतिक्रिया

ट्रेन्डिङ