Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अवार्ड फिर्ता गर्ने मागमा कंगनाको जवाफ-राम भक्त हुँ, प्राण जोओस् तर वचन खेर जाँदैन

अवार्ड फिर्ता गर्ने मागमा कंगनाको जवाफ-राम भक्त हुँ, प्राण जोओस् तर वचन खेर जाँदैन

अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण आत्महत्या भएको पुष्टि गरी एम्सले हालै अन्तिम रिपोर्ट सार्वजनिक गरेको छ । सीबीआईले पनि यसअघि नै सुशान्तको मृत्युको कारण आत्महत्या नै भएको पुष्टि गरिसकेको छ । 

एम्सको यही रिपोर्ट सार्वजनिक भएसँगै ट्‍‌विटरमा कंगनालाई अवार्ड फिर्ता गर्न भन्दै ट्रोल गरिएको छ । यस्तै अभिनेत्री स्वरा भास्करले पनि ट्‌विट गर्दै यसबारे बोलेकी छिन् । स्वराले भनेकी थिइन्, “कोही व्यक्ति अब आफ्नो अवार्ड फिर्ता गर्छन् ?” यसका साथै ट्‌विरमा ह्यासट्याग कंगनाअवार्डवापसकरो भन्‍ने अभियान सुरु भएको छ । 

भिनेता सुशान्तको मृत्यु, आत्महत्या नभई हत्या भएको र यदि आफ्नो कुरा गलत पुष्टि भए आफूले पाएको ’पद्मश्री’ अवार्ड फिर्ता दिने कंगनाले बताएकी थिइन् । कंगनाको यही अभिव्यक्तिका कारण अहिले उनी ट्रोलमा तानिएका हुन् ।

यसबीच कंगनाले आफ्नो जवाफ फर्काएकी छिन् । कंगनाले आफूले उक्त अभिव्यक्ति भएको अन्तर्वार्ताको भिडियो ट्‌विटरमा सेयर गर्दै लेखेकी छिन्, “यो हो मेरो अन्तर्वार्ता यदि स्मृति कमजोर छ भने फेरि हेर्नुहोस्, यदि मैले एउटा पनि झुटो वा गलत आरोप लगाएको छु भने म आफ्नो सबै अवार्ड फिर्ता गर्नेछु, यो एक क्षत्रीयको वचन हो, म रामको भक्त हुँ, प्राण जाओस् तर वचन जाँदैन, जय श्री राम ।” यसो लेख्दै उनले ह्यासट्याग कंगनाअवार्डवापसकर अभियानलाई ट्याग गरेकी छिन् । -नवभारत टाइम्स

प्रतिक्रिया