ताजा अपडेट
मध्यरातमा नेविसंघको टर्च जुलुस - फाेटाे फिचर
काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार मध्यराति काठमाडौँमा टर्च जुलुस प्रदर्शन गरेको छ ।
नेविसंघले भ्रष्टाचार र अनियमितताको विरोधका साथसाथै न्यायको खोजीमा मध्यरातमा टर्च जुलुस प्रदर्शन गरेको जनाएको छ ।
मुलुक संकटमा रहेका बेला अब रातमा पनि सुतेर बस्न नहुने भन्दै सरकारलाई झकझकाउन मध्यरातमा प्रदर्शन गरेको नेविसंघ प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आदर्श मल्लले बताए ।
समाजमा भ्रष्टाचार, अनियमितता र अपराधको जालो मौलाइरहेको तर सरकारले नदेखेको जस्तो गरेको भन्दै सरकारलाई जगाउन प्रदर्शन गरिएको उनले बताए ।
नेविसंघले सिंहदरबार, माइतीघर बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन गर्दै सरकार विरोधी नाराबाजी गरेकाे थियाे ।





सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया