Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

अछामको बलात्कार मुद्दाको फैसलाविरुद्ध प्रदर्शन [फोटोफिचर]

अछामको बलात्कार मुद्दाको फैसलाविरुद्ध प्रदर्शन [फोटोफिचर]

अछामको बलात्कार घटनाको फैसला विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘अछाम फैसला मान्दैनौं, ‘महिलामाथिको शोषण बन्द गर’, ‘पितृसत्तात्मक व्यवस्था मुर्दावाद’, ‘भ्रष्ट न्यायालय मुर्दावाद’ लगायत नारा लेखिएका ब्यानरसहित विरोध प्रदर्शन गरेको हो । अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो।

कार्यक्रमका संयोजकमध्ये एक अधिकारकर्मी मनोज खतिवडाले यसलाई अछामको घटनाको विषय मात्र नभएर पितृसत्तात्मक र पूँजीवादी व्यवस्थाको चरित्र भएको बताए । ‘घरघर, टोलटोलमा महिलाहरु उत्पीडित छन् । महिलामाथिको न्याय व्यवस्था नै त्यही हो जुन अहिले देखिरहेका छौं । व्यवस्थामा नै समस्या छ । यो पितृसत्तात्मक न्यायलयले महिलाहरुलाई न्याय दिने होइन प्रताडित गर्छ,’ अधिकारकर्मी खतिवडाले भने ।

मनोजले बलात्कारका घटनालाई गाउँगाउँममा मेलमिलाप गराउने, ती कुरालाई सदर गरिदिने, संवेदेनशीलता प्रयोग नगर्ने, पीडितहरूलाई नै दोषी ठहर्‍याउने काममा अदालत नै सहयोगी भएको भन्दै युगौंदेखि महिलामाथि दमन र अत्याचार भएकोमा यसविरुद्ध लड्नुपर्ने उनले बताएका थिए । प्रदर्शनमा सहभागी अनिता पण्डितले समाजमा पितृसतातमक सोच कर्मचारीतन्त्र र अदालत लगायत सबै राज्य संयन्त्रमा हाबी रहेको बताइन् । ‘अछामको घटना पनि जिल्ला न्यायाधीशले फैसला गर्ने क्रममा खारेज भइसेकको र कार्यन्वयनमा नरहेको अध्यादेशबाट फैसला गर्नु भनेको उभित्र भएको पितृसत्तात्मक पूर्वाग्रहले काम गरेको देखिन्छ । यसको विरोध जरुरी छ,’ उनले भनिन् ।

माइतीघरमा अपराह्न ४ बजेपछि सुरु भएको विरोध प्रदर्शनमा अधिकारकर्मी तथा लेखक संगीत स्रोता, वन्धुविक्रम क्षेत्री, अन्जनबाबु लगायतका अभियन्ता सहभागी थिए । अछामको कमलबजारकी १९ वर्षीया किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै न्याय माग्न अदालतमा जाँदा स्यवं किशोरीलाई नै दोषी ठहर गरी साढे तीन वर्ष जेल पठाउन अछाम जिल्ला अदालतल आदेश दिएको थियो । निष्क्रिय भइसकेको कानुनलाई आधार मानी फैसला गरेका न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ।

प्रतिक्रिया