Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामको बलात्कार मुद्दाको फैसलाविरुद्ध प्रदर्शन [फोटोफिचर]

अछामको बलात्कार मुद्दाको फैसलाविरुद्ध प्रदर्शन [फोटोफिचर]

अछामको बलात्कार घटनाको फैसला विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘अछाम फैसला मान्दैनौं, ‘महिलामाथिको शोषण बन्द गर’, ‘पितृसत्तात्मक व्यवस्था मुर्दावाद’, ‘भ्रष्ट न्यायालय मुर्दावाद’ लगायत नारा लेखिएका ब्यानरसहित विरोध प्रदर्शन गरेको हो । अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो।

कार्यक्रमका संयोजकमध्ये एक अधिकारकर्मी मनोज खतिवडाले यसलाई अछामको घटनाको विषय मात्र नभएर पितृसत्तात्मक र पूँजीवादी व्यवस्थाको चरित्र भएको बताए । ‘घरघर, टोलटोलमा महिलाहरु उत्पीडित छन् । महिलामाथिको न्याय व्यवस्था नै त्यही हो जुन अहिले देखिरहेका छौं । व्यवस्थामा नै समस्या छ । यो पितृसत्तात्मक न्यायलयले महिलाहरुलाई न्याय दिने होइन प्रताडित गर्छ,’ अधिकारकर्मी खतिवडाले भने ।

मनोजले बलात्कारका घटनालाई गाउँगाउँममा मेलमिलाप गराउने, ती कुरालाई सदर गरिदिने, संवेदेनशीलता प्रयोग नगर्ने, पीडितहरूलाई नै दोषी ठहर्‍याउने काममा अदालत नै सहयोगी भएको भन्दै युगौंदेखि महिलामाथि दमन र अत्याचार भएकोमा यसविरुद्ध लड्नुपर्ने उनले बताएका थिए । प्रदर्शनमा सहभागी अनिता पण्डितले समाजमा पितृसतातमक सोच कर्मचारीतन्त्र र अदालत लगायत सबै राज्य संयन्त्रमा हाबी रहेको बताइन् । ‘अछामको घटना पनि जिल्ला न्यायाधीशले फैसला गर्ने क्रममा खारेज भइसेकको र कार्यन्वयनमा नरहेको अध्यादेशबाट फैसला गर्नु भनेको उभित्र भएको पितृसत्तात्मक पूर्वाग्रहले काम गरेको देखिन्छ । यसको विरोध जरुरी छ,’ उनले भनिन् ।

माइतीघरमा अपराह्न ४ बजेपछि सुरु भएको विरोध प्रदर्शनमा अधिकारकर्मी तथा लेखक संगीत स्रोता, वन्धुविक्रम क्षेत्री, अन्जनबाबु लगायतका अभियन्ता सहभागी थिए । अछामको कमलबजारकी १९ वर्षीया किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै न्याय माग्न अदालतमा जाँदा स्यवं किशोरीलाई नै दोषी ठहर गरी साढे तीन वर्ष जेल पठाउन अछाम जिल्ला अदालतल आदेश दिएको थियो । निष्क्रिय भइसकेको कानुनलाई आधार मानी फैसला गरेका न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ।

प्रतिक्रिया