Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आईपीएल क्रिकेटः कोलकत्तामाथि बैंगलोर ८२ रनले विजयी

आईपीएल क्रिकेटः कोलकत्तामाथि बैंगलोर ८२ रनले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्समाथि रोयल च्यालेन्जर्स बैंगलोरले ८२ रनको जित निकालेको छ ।

यूएईस्थित सारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले विशाल रन अन्तरको जित दर्ता गरेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रनमा मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन फिन्चले ४७ रन जोडे ।

देवदूत पडीक्कले ३२ रन बनाउँदा कप्तान विराट कोहली भने ३३ रनमा अविजित रहे ।

कोलकत्ताका लागि प्रशिद्ध कृष्ण र आन्द्रे रसेलले १र१ विकेट लिए ।

कोलकत्ताका लागि सुबमान गिलले ३४, राहुल त्रिपाठी र आन्द्रे रसेलले १६र१६ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २र२ विकेट लिए भने क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।

आईपीएलको यो सिजनमा पाँच जितसँगै बैंगलोरले १० अंक जोडेको छ ।

७ खेलमा आठ अंक जोडेको कोलकत्ताको यो तेस्रो हार हो । बैंगलोर अंक तालिकाको तेस्रो स्थामा छ भने कोलकत्ता चौंथो स्थामा रहेको छ ।

प्रतिक्रिया