Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आईपीएल क्रिकेटः कोलकत्तामाथि बैंगलोर ८२ रनले विजयी

आईपीएल क्रिकेटः कोलकत्तामाथि बैंगलोर ८२ रनले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्समाथि रोयल च्यालेन्जर्स बैंगलोरले ८२ रनको जित निकालेको छ ।

यूएईस्थित सारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले विशाल रन अन्तरको जित दर्ता गरेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रनमा मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन फिन्चले ४७ रन जोडे ।

देवदूत पडीक्कले ३२ रन बनाउँदा कप्तान विराट कोहली भने ३३ रनमा अविजित रहे ।

कोलकत्ताका लागि प्रशिद्ध कृष्ण र आन्द्रे रसेलले १र१ विकेट लिए ।

कोलकत्ताका लागि सुबमान गिलले ३४, राहुल त्रिपाठी र आन्द्रे रसेलले १६र१६ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २र२ विकेट लिए भने क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।

आईपीएलको यो सिजनमा पाँच जितसँगै बैंगलोरले १० अंक जोडेको छ ।

७ खेलमा आठ अंक जोडेको कोलकत्ताको यो तेस्रो हार हो । बैंगलोर अंक तालिकाको तेस्रो स्थामा छ भने कोलकत्ता चौंथो स्थामा रहेको छ ।

प्रतिक्रिया