ताजा अपडेट
सुदूरपश्चिममा पीसीआर मेसिन पठाउने भन्दै मन्त्रीले ठगे
धनगढी : जेठ २९ गते बिहिवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले शुक्रवार (३० गते) सम्म थप तीन वटा पीसीआर मेसिन सुदूरपश्चिम पठाउने बताए।
प्रदेशको कोरोनाको अवस्था र लघु, मध्यम र मझोला उद्योगको प्रवर्द्धनका लागि राष्ट्रिय योजना आयोगको टीम र युएनडीपीको टीमसँगै धनगढी पुगेका मन्त्री भट्टले शुक्रवारसम्म तीन वटा पीसीआर मेसिन पठाउने बताएका थिए।
शुक्रवार भन्नाले अबको एक हप्ताभित्र भन्न खोज्नुभएको ? भन्दै विमानस्थलमा बिहिवार सञ्चारकर्मीले गरेको प्रश्नमा मन्त्री भट्टले भनेका थिए, ‘होईन मैले यहि शुक्रवार भनेको। महाकाली र डडेल्धुराका लागि बजेट जुटिसकेको छ।’ तर अर्को शुक्रवार गएपनि मन्त्री भट्टले अहिलेसम्म पीसीआर मेसिन पठाएका छैनन्।
यसबारेमा मन्त्री भट्टलाई बुझ्न खोज्दा उनले फोन उठाएनन् भने मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाको फोन लागेन्। स्वकीय सचिव ओझाले आईतवार दिनेश खवरसंग कुराकानी गर्दै मेसिन खरिद भईसकेको र कञ्चनपुर, डडेल्धुरा र अछाम जिल्लामा प्रयोगशाला स्थापना हुन नसक्दा पठाउन ढिलाई भएको बताएका थिए।
यता सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भने सो बारेमा कुनै जानकारी नभएको जनाएको छ। ‘मन्त्री भट्टले तीन वटा पीसीआर मेसिन पठाउछु भनेको कुरा हामीले पनि सञ्चारमाध्यमबाटै सुनेका हौँ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘तर सो बारेमा सामाजिक विकास मन्त्रालयलाई कुनै जानकारी नै छैन्।’
दिनेश खबर बाट
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया