Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिममा पीसीआर मेसिन पठाउने भन्दै मन्त्रीले ठगे

सुदूरपश्चिममा पीसीआर मेसिन पठाउने भन्दै मन्त्रीले ठगे

धनगढी : जेठ २९ गते बिहिवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले शुक्रवार (३० गते) सम्म थप तीन वटा पीसीआर मेसिन सुदूरपश्चिम पठाउने बताए।

प्रदेशको कोरोनाको अवस्था र लघु, मध्यम र मझोला उद्योगको प्रवर्द्धनका लागि राष्ट्रिय योजना आयोगको टीम र युएनडीपीको टीमसँगै धनगढी पुगेका मन्त्री भट्टले शुक्रवारसम्म तीन वटा पीसीआर मेसिन पठाउने बताएका थिए।

शुक्रवार भन्नाले अबको एक हप्ताभित्र भन्न खोज्नुभएको ? भन्दै विमानस्थलमा बिहिवार सञ्चारकर्मीले गरेको प्रश्नमा मन्त्री भट्टले भनेका थिए, ‘होईन मैले यहि शुक्रवार भनेको। महाकाली र डडेल्धुराका लागि बजेट जुटिसकेको छ।’ तर अर्को शुक्रवार गएपनि मन्त्री भट्टले अहिलेसम्म पीसीआर मेसिन पठाएका छैनन्। 

यसबारेमा मन्त्री भट्टलाई बुझ्न खोज्दा उनले फोन उठाएनन् भने मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाको फोन लागेन्। स्वकीय सचिव ओझाले आईतवार दिनेश खवरसंग कुराकानी गर्दै मेसिन खरिद भईसकेको र कञ्चनपुर, डडेल्धुरा र अछाम जिल्लामा प्रयोगशाला स्थापना हुन नसक्दा पठाउन ढिलाई भएको बताएका थिए।

यता सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भने सो बारेमा कुनै जानकारी नभएको जनाएको छ। ‘मन्त्री भट्टले तीन वटा पीसीआर मेसिन पठाउछु भनेको कुरा हामीले पनि सञ्चारमाध्यमबाटै सुनेका हौँ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘तर सो बारेमा सामाजिक विकास मन्त्रालयलाई कुनै जानकारी नै छैन्।’

दिनेश खबर बाट 

प्रतिक्रिया